कौरव खत्री – गुल्मी । बागलुङको तमानखोला गाउँपालिकाको बालगृहका बालवालिकाहरुलाई ओड्ने र विछ्याउने कपडा हस्तान्तरण गरिएको छ ।
बागलुङ जिल्ला काठेखोला गाउँपालिका निवासी हाल अमेरीकामा कर्मथलो बनाउदै आउनु भएका समाजसेवी तथा शिक्षाप्रेमी डिल्लीराम कंडेल र लिलाधर कंडेलद्धारा १६ वटा बलाङकेट र ३१ वटा बेड सिट कपडा हस्तान्तरण गरिएको थियो ।
साथै तमानखोला गाँउपालिकामा विभिन्न कारणले अभिभावक गुमाएका राम्रो हेरचाह नपाएका तथा आर्थिक अवस्था कमजोर र अभावले पढाईबाट वञ्चित हुन पुगेका ३१ जना बालवालिकाहरुलाई बालग्रहमा राखिएको तमानखोला गाँउपालिका अध्यक्ष जोकलाल बुढाले जानकारी दिनुभयो ।
तमानखोला गाउँपालिका वडा नं. ३ तमानमा सञ्चालन गरिएको बालगृहका बालवालिकाहरुले नजिकको धन गौज्योती माध्यमिक विद्यालयमा अध्ययन गर्दै आइरहेका गाँउपालिका अध्यक्ष बुढाले जानकारी दिनुभयो ।
साथै बालवालिकाहरुलाई बालग्रह मार्फत कक्षा १२ सम्म निःशुल्क पठनपाठनसँगै खानापान,आवास,स्वास्थ्य परीक्षण,लत्ताकपडा सहितको व्यवस्था मिलाइएको गाँउपालिका अध्यक्ष बुढाले जानकारी दिनुभयो ।
बालगृह सञ्चालनको लागि तमानखोला विकास कोष मार्फत आर्थिक संकलन गरेर बाल गृह सञ्चालन गरिएको गाँउपालिका अध्यक्ष बुढाले जानकारी दिनुभयो ।