रवि लामिछाने नेपाली नागरिकता लिन जिल्ला प्रशासन जाँदै

काठमाडौं । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र पुर्नप्राप्तिमा लागि आइतबार(आज) जिल्ला प्रशासन कार्यालय काठमाडौं जानुहुने भएको छ ।

उहाँ आज दिउँसो बबरमहलस्थित जिप्रका जाने उहाँ निकट स्रोतले जनाएको छ। गृह मन्त्रालय उच्च स्रोतका अनुसार, उहाँले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गर्नुभएको हो । सर्वोच्च अदालतले गत शुक्रबार अमेरिकी नागरिकता त्यागपछि प्रक्रिया नपुर्‍याएकाले लामिछानेको नेपाली नागरिकता कायम नरहेको फैसला गरेको थियो।

यससँगै, उहाँको सांसद पद खारेज भएको थियो। यसपछि उहाँले उपप्रधान तथा गृहमन्त्रीसँगै सबै पद गुमाउनुभएको थियो।

यो पनि पढ्नुहोस् – काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयस्थित राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आउँदै हुनुहुन्छ ।

आमनिर्वाचनपछि नयाँ सरकार गठन भएयता अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नेपालस्थित अमेरिकी राजदूतावासले दिएको जानकारीअनुसार भ्रमणका क्रममा उप विदेशमन्त्री नुल्यान्डले नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । भोलि दिउँसो उहाँले पत्रकार सम्मेलन गरेर आफ्नो भ्रमणबारे जानकारी दिने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

उहाँ सन् २०२१ मा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्रीमा नियुक्त हुनुभएको थियो । अमेरिकाका विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति सम्बद्ध अल्ब्राइट स्टोनब्रिज समूहमा वरिष्ठ परामर्शदाताका रूपमा काम गरिसकेकी उपविदेशमन्त्री नुल्यान्डको नेपाल भ्रमण अर्थपूर्ण मानिएको छ ।

उहाँको ३३ वर्ष लामो अमेरिकी कूटनीतिक यात्राका क्रममा पूर्वराष्ट्रपति बाराक ओबामा कार्यकालमा युरोपेली तथा युरेसियन मामिलासम्बन्धी सहायक विदेशमन्त्रीका रूपमा कार्य गर्नुभएको थियो । त्यस्तै हिलारी क्लिन्टन विदेशमन्त्री हुँदाका बखत अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।

रुस, चीन, मङ्गोलिया तथा अमेरिकाको विदेश मन्त्रालयभित्र पनि विभिन्न भूमिकाको कार्यानुभव उहाँको रहेको छ । उहाँको भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी र कार्यसूची दिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय