खेलमैदान निर्माणका लागि आफै जुटे मुसिकोटे युवा

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं २ भर्जुवा लुग्रुङका युवाहरु खेल मैदान निर्माणका लागि एकजुट भएका छन् ।

गाउँमा उपयुक्त खेल मैदान नहुँदा युवाहरुलाई खेलकुद लगायतका गतिबिधि सञ्चालन गर्न र केही ठुला कार्यक्रम गर्न समेत मैदानको आवश्यकता परेकाले युवाहरु आफै खेल मैदान निर्माणका लागि एकजुट भएका हुन् ।

स्थानीय सरकारले खासै चासो नदिएपछि युवाहरु सामुहिक रुपमा सगंठित भई आर्थिक सहयोग सकंलन अभियान नै सुरु गरेका छन् । मुसिकोट नगरपालिका वडा नं २ साविकको मुसिकोट गा.वि.स वडा नं ७ मा रहेका युवा तथा स्थानीय समाजसेवीहरुबीचको यही माघ १ गते बसेको भेलाले खेल मैदान खरिद तथा निर्माण गर्ने निणर्य सहित समिति निर्माण गरेको छ ।

गाउँमा रहेका खेलाडीहरु र युवाहरुको मागलाई मध्यनजर गर्दै एउटा उपयुक्त खेल मैदानको अभाव रहेको कुरालाई मध्येनजर गरि पहिलो चरणमा खेल मैदानका लागि आवश्यक पर्ने जग्गा खरिद गर्ने र तत्पश्चात खेल मैदान निर्माण गरिने सहयोग सकंलन समितिका सयोंजक एवम् पत्रकार दिपक नेपालीले जानकारी दिनुभयो ।

खेल मैदानका लागि आवश्यक पर्ने जग्गा खरिद गर्नका लागि सञ्चालन गरिएको सहयोग सकंलन अभियानमा सहभागी भई आफुले सक्दो आर्थिक सहयोग गर्न समेत उहाँले सबैसगं आग्रह गर्नुभएको छ । सहयोग सकंलन भएपश्चात जग्गा खरिदको काम र निर्माणको काम सुरु हुने बताईएको छ ।

यसैबीच शनिवार बसेको युवाहरुको भेलाले खेल मैदान निर्माणमा सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मान गर्ने समेत निणर्य गरेको छ । आर्थिक रकम अनुसार विभिन्न सम्मान गर्ने निणर्य गरिएको हो ।

जसअनुसार १ देखि ४ हजारसम्म सहयोगीदाताको नाम सामाजिक सञ्जालमा राख्ने, ५ हजार देखि १० हजारसम्मका सहयोगीदाताको नाम रुद्रावती प्राविको भित्तामा लेख्ने, २० देखि ३० हजारसम्म सहयोग गर्नेहरुको फोटो सहितको नामावली विद्यालयको भित्तामा राख्ने र सम्मानपत्रद्धारा सम्मान गर्ने, ५० देखि ८० हजारसम्मका सहयोगीहरुलाई विद्यालयमा फोटो सहितको एकल फोटो राख्ने र चाँदीको फ्रेममा सम्मान गर्ने निणर्य गरेको छ ।

१ लाख ५० हजारदेखि २ लाखसम्म सहयोग दाताहरुलाई परिवारका ३ सदस्यको फोटो सहितको नामावली विद्यालयको भित्तामा राख्ने, २ लाख ५० हजारदेखि ३ लाख ५० हजारसम्म सहयोग गर्ने सहयोगीहरुको परिवारको ५ सदस्यको फोटो सहितको नामावली विद्यालय भित्तामा राख्ने र चाँदीको फ्रेममा सम्मान गर्ने तथा ६ लाख भन्दा माथी सहयोग गर्ने दाताहरुलाई विद्यालयको १ कोठामा निजको नाममा नामाकरण गर्ने निणर्य भएको सयोंजक नेपालीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय