तरकारी खेती तर्फ आकर्षित गर्न ग्रामीण क्षेत्रका महिलालाई नि :शुल्क बीउ वितरण

गुल्मी । कृषि ज्ञान केन्द्र गुल्मीले महिलालाई तरकारी खेती तर्फ आकषिर्त गर्न नि: शुल्क बिउ बिजन वितरण गरेको छ ।

विशेषगरी ग्रामीण तथा पिछडिएका क्षेत्रका महिलालाई हरियो तरकारीको महत्त्व बुझाउने उदेश्यले इस्मा गाउँपालिका -६ बुल्मका ५० जना महिलाहरूलाई विभिन्न आठ प्रकारका बीउ प्रदान गरिएको हो ।

बिउ वितरण गर्दै कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नमराज भण्डारीले व्यवसायीक किसान बन्न महिलाहरुलाई आग्रह गरे , उनले भने ” ज्ञान केन्द्र बाट प्रदान गरिएको बिउपलले व्यवसायी किसान बन्न प्राप्त नभए पनि ,व्यवसायी किसान बन्न प्रेरणा दिएको छ ,आफ्नो घरवरपर प्रशस्त हरियो तरकारी लगाउनुस ,खानुस र स्वस्थ बन्नुस “।

साथै भण्डारीले मानव जिवनमा हरियो तरकारीको महत्त्व बुझाउदै यस ठाउँमा पानीको अभाव रहे पनि कपडा धोएको ,भाडा माझेको ,नुहाएको पानीको प्रयोग गर्दै सिचाइ गर्न सकिने उल्लेख गरे ।

त्यस्तै वडा अध्यक्ष ढाल बहादुर कुवरले कृषि ज्ञान केन्द्र गुल्मीलाई धन्यवाद दिदै परिवर्तनको सुरुवात पिछडिएको वर्ग बाट गर्नु पर्ने उल्लेख गर्दै बुल्ममा बीउ वितरण गरिएको बताए ।

स्थानीय महिलाले पानि तथा आधारभुत ज्ञानको अभाव रहेको गुनासो गरेका छन । स्थानीय सरकार तथा कृषि ज्ञान केन्द्र गुल्मीले आगामी दिनमा थप सहयोग गरेमा तरकारी खेती तर्फ लाग्ने उनीहरुको प्रतिक्रिया रहेको छ । – गुल्मी अपडेटबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय