महिला अब उत्पादन र रोजगारसंग जोडिनुपर्छ –उपसभामुख थापा

अनिष पाठक-गण्डकी प्रदेश सभाको उप–सभामुख बिना कुमारी थापाले आर्थिक रुपमा सबल नभएका महिलाहरु घरेलु हिंसाको सिकार बन्नुपरेको भन्दै हरेक महिला अब उत्पादन र रोजगारसंग जोडिनुपर्ने बताएकि छिन ।

बडिगाड गाँउपालिका वडा नं. २ खर्वाङमा रहेको दिदिबिहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारण सभाको अबसरमा थापाले आर्थिक रुपले कमजोर भएका महिला विभिन्न हिंसामा परेको अबस्थामा आफुले देखेको र उनीहरुको उद्धारसमेत गरेको भन्दै आर्थिक रुपमा अब महिला सबल हुनेपर्नेमा जोड दिईन् ।

साथै उप–सभामुख थापाले आफु साझा व्यक्तिको रुपमा गण्डकी प्रदेश सभामा उपस्थित भएको भन्दै सहकारीको विकास र निति निमार्णमा समेत पहल गर्ने बताईन् ।

उनले आफ्नो क्षेत्रको विकासको लागि पनि पहल गर्ने भन्दै महिलामैत्री कानुन निमार्णमा विशेष भुमिका रहने बताईन् ।

यस्तै बडिगाड २ का वडाध्यक्ष ढाल प्रसाद शेरचनले सहकारीबाट ऋण तिर्नकै लागि ऋण लैजाने प्रवितृको अन्त्य हुनुपर्नेमा जोड दिए । वडाध्यक्ष शेरचनले उत्पादनबाहेक ऋण तिर्नकै लागि सहकारीबाट ऋण लगेकाहरुको प्रगति कहिल्लै नभएको भन्दै अब उत्पादन र रोजगारसंग जोडिनुपर्नेमा जोड दिए ।

१२ औं साधारण सभाको अबसरमा संस्थाका लेखा समिती संयोजक चमेला अर्यालले संस्थाको अबस्था, अध्यक्ष विष्णुमाया अर्यालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष देउमाया रानाले आर्थिक प्रतिवेदन सो अबसरमा प्रस्तुत गरेका थिए ।

सो अबसरमा संस्थाका पुर्व उपाध्यक्ष सरस्वती अर्याल, त्रिभुवन नमुना माविका प्रध्यानाध्यापक ढालमणि भण्डारी, मिलन व्यवसाहिक कृर्षि सहकारी संस्थाका अध्यक्ष दिन बहादुर केसी, नब प्रतिभा बचत तथा ऋण सहकारीका अध्यक्ष होमनाथ अर्यलले सहकारीमा बचत संगै लगेको कर्जाको सहि सदुपयोगको लागि आग्रह गरेका थिए ।

संस्थाले यस आर्थिक वर्षमा ७० वर्ष पुगेका आफ्ना शेयर सदस्य, पुर्व संचालक समितिका पदाधिकारी, जनप्रतिनिधिमा निर्वाचित आफ्ना शेयर सदस्य, नियमति बचतकर्ता, बाल बचतकर्तालाई समेत सोहि अबसरमा सम्मान गरेको थियो ।

दिदिबहिनी बचत तथा क्रण सहकारी संस्थाका सह सचिव पुष्पा थापाको स्वागत रहेको साधारण सभामा अध्यक्ष विष्णुमाया अर्यालको अध्यक्षता तथा उपाध्यक्ष गिता शर्मा पोखरेलको संचालन रहेको थियो ।

२०६७ सला साउन ५ गतेदेखि नियमित कारोबार शुरु गरेको सहकारीमा ७४६ शेयर सदस्य ६५ लाख १६ हजार ेशेयर रकम, ३ करोड ६२ लाख ७३ हजार ४६ रुया बचत, ४ करोड ७३ लाख ७० हजार १८१ कर्जा लागानी र विभिन्न कोषहरुमा ६९ लाख ४ हजार ५५९ रकम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय