स्वर्गीय रचना र रियाँनको परिवारलाई बडिगाड गाउँपालिकाद्वारा किरिया खर्च स्वरुप आर्थिक सहयोग

बडिगाड – बागलुङको बडिगाड गाँउपालिकाले माघ १ गते पोखरामा भएको एती एयरलाईनको विमान दुर्घटनामा ज्यान गुमाएका रचना काफ्ले पौडेल र रियाँन पौडेलको आज ११ औं दिनको पुण्यतिथि  पारेर शोक सभा सम्पन्न गरेको छ ।

विमान दुर्घटनामा ज्यान गुमाएका रचना र रियाँन बडिगाड गाँउपालिकामा अमिन पदमा कार्यरत प्रदिप पौडेलका रचना श्रीमती र रियाँन छोरा हुन । आज गाँउपालिका अध्यक्ष गण्डकी थापा अधिकारी सहितको टोलि पौडेलको घर कुस्मा नगरपालिका १ पाँगा पर्वत पुगि शोक सभासहित किरिया खर्च स्वरुप पचास हजार आर्थिक सहयोग गरेको हो ।

पौडेलको घर पुग्नुभएकि बडिगाड गाँउपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले स्वर्गिय रचना र रियाँनको चिरशान्तिकोे कामना गर्दै परिवारमा गहिरो समवेदना व्यक्त गर्नुभयो । पालिका अध्यक्ष अधिकारीले रचना र रियाँनको निधनले सिंगो बडिगाड गाउँपालिकालाई समेत स्तव्ध बनाएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय