स्वर्गीय छन्त्यालको परिवारलाई बडिगाड गाउँपालिकाद्धारा आर्थिक सहयोग

तिलक मगर – बाग्लुङको बडिगाड गाउँपालिकाले स्वर्गीय गायिका निरा छन्त्यालको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

गत माघ १ गते पोखरामा भएको एती एयरलाईनको विमान दुर्घटनामा ज्यान गुमाएकी लोक दोहरी गायिका छन्त्यालको परिवारलाई गाउँपालिकाले शोकसभासहित पचाँस हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

मंगलबार स्वर्गीय छन्त्यालको घर बडिगाड ३ सिसाखानी पुगेर गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भिमसेन वन, प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारीलगायतको उपस्थितिमा शोक सभासहित स्वर्गीय छन्त्यालको आत्माको चिर शान्तिकोे कामना गर्दै परिवारमा गहिरो समवेदना व्यक्त गरिएको थियो ।

गाउँपालिका अध्यक्ष अधिकारीले बोल्दै गायिका निरा छन्त्यालको असमाहिक निधनले सिंगो बडिगाड गाउँपालिकालाई स्तव्ध बनाएको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय