विष्णु प्रसाद आचार्य (चकित) गुल्मी
गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सार स्थित एक घर एक धारा खानेपानी योजना अन्र्तगतको करङखोला मौरीभीर खानेपानी तथा सरसफाइ योजनाको आम्दानी खर्च सार्वजनिक गरिने भएको छ ।
आउँदो पुस ९ गते बिहीबारका दिन अहिलेसम्मको आम्दानी खर्च सार्वजनिक गरिने भएकोले मुसिकोट नगरपालिका ७ स्थित उक्त योजना अन्तर्गत लाभान्वित हुने उपभोक्ताहरुलाइ वामीटक्सार स्थित रुद्रावती बहुमुखी क्याम्पसको भवनमा बिहान ११ बजे उपस्थित हुनको लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध गरिएको योजनाका अध्यक्ष हरीहर सापकोटाले नबखबरलाइ जानकारी दिनुभयो ।
योजनाको काम सबै सम्पन्न भइनसकेपनि अहिलेसम्मको कामको आम्दानी खर्चबारे उपभोक्ताले चासो देखाएकोले हिसाब सार्वजनिक गर्नु समितीको दायित्व भएकोले उपभोक्ताको भेला डाकिएको योजनाका सचिव सुन्दर प्रधानले जानकारी दिनुभयो ।