गुल्मी मुसिकोटका ४५ वर्षीय सापकोटाको पोर्चुगलमा निधन

गुल्मी । गुल्मीका शेषकान्त सापकोटाको पोर्चुगलमा निधन भएको छ ।

मुसिकोट नगरपालिका–९ अर्लाङ्गकोट घर भई बिगत ३ महिनादेखि पोर्चुगलमा काम गर्दै आएका ४५ वर्षीय सापकोटाको गत बुधबार उपचारको क्रममा लिस्वन स्थित साओजस हस्पिटलमानिधन भएको हो ।

उनको शव व्यवस्थापनको लागि आर्थिक समस्या भएपछि रकम जुटाउन सम्पूर्ण पोर्चुगलमा बस्दै आएका नेपाली समक्ष गुल्मी सेवासमाज पोर्तुगलले आव्हान गरेको छ ।

सहयोग रकम पठाउने बैंक खाता PT50 0033 0000 4548 4412 3970 5SWIFT: BCOMPTPL MB Way 920342168 (ac holder Amrit rijal ) रहेको जानकारी दिइएको छ । गुल्मी सेवा समाजका क्रियाशील सदस्य अमृत रिजालका अनुसारशेषकान्त सापकोटा भर्खर पोर्चुगलमा आएका थिए ।

पोर्चुगलमा नेपालीहरुको मृत्युको घटना बढ्दै गएको भन्दै उनले पोर्चुगल आउनु पूर्व सबै प्रक्रिया पूरा गरेर तथा सबै कुरा बुझेर मात्रै आउनसुझाब दिए। दुई हप्ता अगाडि गुल्मी मुसिकोट कै बाबुराम घिमिरेले पोर्चुगलमा आत्मह*त्या गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय