एशियन लाईफ इन्सोरेन्स कम्पनी लिमिटेड गुल्मीले मृत्युदाबी रकम भुक्तानी
मनु सुनार मनसुन गुल्मी, ०६ पौष
एशियन लाईफ इन्सोरेन्स कम्पनी लिमिटेड उपशाखा गुल्मीले मृत्युदाबी रकम भुक्तानी गरेको छ । एशियन लाईफ इन्सोरेन्स उपशाखा तम्घासले मालिका गाउँपालिका–६ छापहिलेकी मिना अर्यालको निधन भएपछि उहाँको परिवारलाई मृत्युदाबी रकम भुक्तानी गरेको हो । अर्यालले एशियन लाईफ इन्सोरेन्स कम्पनी लिमिटेड उपशाखा कार्यालय तम्घासमा २०७६ बैशाखमा १५ वर्षका लागि १ लाख बिमाङ्क बराबरको आजिवन बीमा गर्नुभएको थियो । अर्यालले पहिलो किस्ता बापतको रु ८ हजार आठ सय ५७ रुपैँया जम्मा समेत गर्नुभएको थियो ।
तर दोश्रो किस्ता जम्मा गर्न नपाउँदै अर्यालको २०७७ बैशाखमा क्यान्सर रोगका कारण ३७ वर्षको अल्पायुमै मृत्यु भयो । सोमबार यस उपशाखाको कार्यालय तम्घासमा उपशाखा प्रमुख राजन केसीले अर्यालका श्रीमान चुरामणी अर्याललाई मृत्युदावी भुक्तानी बापतको रु १ लाख ३ हजार ५४३ रुपैँया बराबरको चेक हस्तान्तरण गर्नुभएको थियो । गुल्मी जिल्लामा २०६६ साल देखि यस इन्सोरेन्सले सेवा पुर्याउँदै आएको उपशाखा प्रमुख केसीले जानकारी दिनुभयो ।
यसको प्रधान कार्यालय मैतीदेवी काठमाण्डौँ रहेको छ । हाल यस जिल्लामा ५ सय सक्रिय अभिकर्ता रहेका छन् । यस कम्पनीको २०७७ साल असोज मसान्तसम्म २३ अर्ब ६ करोड रुपैयाँको जीवन बीमा कोष रहेको जनाईएको छ । त्यस्तै सोहि अवधिसम्ममा २४ अर्ब १६ करोड रुपैँया लगानी तथा कर्जामा रहेको छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म कुल २ अर्ब ३२ करोड बीमा शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ । कम्पनीले हाल ३९ वटा शाखा र १०१ वटा उपशाखाबाट सेवा दिदै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय