गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसंग मुसिकोटको फेरी भेटौला कार्यक्रम

गुल्मी- गुल्मी जिल्लामा करिब १८ महिना प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यभार सम्हालेर काभ्रे जिल्लामा सरूवा हुनुभएका गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलाई सोमबार मुसिकोट नगरपालिकाले एक औपचारिक कार्यक्रमका बिच फेरी भेटौला कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल , प्रहरि नायव ऊपरिक्षक माधवराज खरेल ,शसस्त्र प्रहरि नायब उपरिक्षक नविन कुमार खड्का ,प्रमुख अनुशन्धान अधिकृत दिनेश पोख्रेल ,प्रहरि नायव निरिक्षक लक्ष्मण बिक , मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेल , ऊपप्रमुख गंगा श्रेष्ठ , प्रमुख प्रशासकिय अधिकृत बिनोद कुवर लगायत नगरपालिकामा कार्यरत कर्मचारिहरूको उपस्थिती रहेको थियो।

सोहि क्रममा वामि प्रहरि चौकिमा जोहाङ्ग खैरेनिबाट सरूवा भई आऊनुभएका वामि प्रहरि चौकि प्रमुख लक्षमण बिकलाई पनि नगरप्रमुख जीवन खरेलद्वारा स्वागत गरिएको नगरप्रमुखको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय