जीप दुर्घटना : एक जनाको मृत्यु, ७ घाइते

काठमाडौं। म्याग्दीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने सात जना घाइते भएका छन् ।

जिल्लाको मंगला गाउँपालिका २ काफलगौरमा आज दिउँसो जीप दुर्घटनामा पर्दा मंगला १ की ६० वर्षीया फौमाया गर्बुजाको मृत्यु भएको हो । प्रहरी निरीक्षक राजन ढकालका अनुसार घाईते गर्बुजाको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको हो।

थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नं को बोलेरो जीप दुर्घटना हुँदा मंगला–२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी र पाँच वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको छ।

मंगला १ की १५ वर्षीया बबिना परियार उपचारपछि घर पठाइएको छ भने मंगला २ की २२ वर्षीया विपना कार्की, मंगला १ का ३८ वर्षीय तेजबहादुर गर्बुजा, मंगला २ का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ।

ओरालो सडकमा जीप पल्टिएर दुर्घटना भएको थियो। जीप चालकलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय