२ स्वतन्त्र सांसद जसपामा प्रवेश

काठमाडौं । स्वतन्त्रबाट मधेश प्रदेशसभामा निर्वाचित दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

महोत्तरी–२ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपा प्रवेश गरेका हुन् । उनीहरुलाई आइतबार (आज) पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराउनुभएको छ । जसपाका १६ प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशसभामा दुई जनाले प्रवेश गरेसँगै अब अब १८ जना हुनेछन् ।

यो पनि पढ्नुहोस् – नेपाली कांग्रेसको शेखर कोइराला पक्षको बैठक आइतबार(आज) बसेको बैठकमा देशको समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको छ । प्रधानमन्त्रीलाई कांग्रेसले दिएको विश्वासको मत, पार्टी नेतृत्वको कार्यशैली, आगामी माघ १५ गते बस्ने केन्द्रीय समिति बैठकलगायतका विषयमा छलफल भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यी विषयमा केन्द्रित भएर समूहका नेताहरूले आ–आफ्नो धारणा राखेका छन् । यस्तै आगामी मंगलबार पुनः बसेर समूहको रणनीति तय गरिने केसीले बताउनुभयो । बैठकमा बोल्ने अधिकांश नेताहरूले प्रचण्डलाई विश्वासको मत दिएको सन्दर्भमा सभापति शेरबहादुर देउवाको आलोचना गरेका थिए ।

प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्नु नेतृत्वको कमजोरी भएको भन्दै उनीहरूले सभापतिको कार्यशैलीको आलोचना गरेका थिए । देउवाले पार्टीबाट प्रचण्डलाई विश्वासको मत दिने निर्णय गराउनुभएको थियो । पुस २६ मा विश्वासको मत दिँदा केही नेताहरूले असन्तुष्टि समेत पोखेका थिए ।

यसैगरी संसदीय दलको निर्वाचनमा आफ्नै समूहबाट धोका भएको विषयमा समेत छलफल भएको थियो । संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापाले आफ्नै समूहबाट पनि मत नपाएको कतिपयले प्रश्न उठाएका थिए ।

अब पार्टीलाई सही ढंगले अघि बढाउन प्रभावकारी योजनाका साथ अघि बढेर सोही अनुसार नेतृत्वलाई दबाब दिनुपर्नेमा पनि नेताहरूले निष्कर्ष निकालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय