श्रद्धाञ्जलीको लागि निराको घरमा इन्द्रेणि टिम

तिलक मगर, खर्वाङ –चर्चित कार्यक्रम इन्द्रेणिका सञ्चालक कृष्ण कँडेल सहितको टोली स्वर्गिय निरा छन्त्यालको घरमा पुगेको छ ।

७ औं दिनको पुण्य तिथिको अवसर पारेर टोली श्रद्धाञ्जलीको लागि निराको घरमा पुगेको हो । सोहि क्रममा कँडेलले निराको निधनले लोक दोहोरी क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै सम्पूर्ण कला संगित प्रेमी स्तब्ध भएको बताउनु भएको थियो ।

त्यस्तै नेकपा एमाले वडा कमिटि शिसाखानीले पनि निराको स्मृतिमा ७ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ। सो सभामा बोल्दै वडा नं। ३ का अध्यक्ष खड्क पुनले निराको निधनले सिंगो समुदाय स्तब्ध भएको र परिवार संगै समाजलाइ ठूलो क्षति भएको बताउनुभएको छ ।

निरा नेकपा एमाले वडा कमिटि सदस्य महेन्द्र छन्त्याल तथा लिलादेवि छन्त्यालकी छोरी हुनुहुन्थ्यो। कार्यक्रम वडा कमिटि अध्यक्ष गोपिराम काउचाको अध्यक्षता तथा वडा कमिटि सचिव समिर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय