गुल्मीका पत्रकार जनार्दन घिमिरे लुम्बिनी प्रदेशमा सम्मानित

गुल्मी । गुल्मीका पत्रकार जनार्दन घिमिरे नेपाल प्रेस युनियनको प्रथम अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा सम्मानित हुनुभएको छ ।

बिहिबार दाङको घोराहीमा नेपाल प्रेस युनियनको प्रथम अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा पत्रकार जनार्दन घिमिरेलाइ सम्मान गरिएको हो । घिमिरेले लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएको र उक्त कामको सम्मानस्वरुप उहाको क्षमताको उच्च कदर गर्दै सम्मान गरिएको प्रेस युनियनले जनाएको छ ।

घिमिरेले यसअघि प्रेस युनियनको केन्द्रीय सदस्यसङ्गै गुल्मी जिल्ला पत्रकार महासङ्घको अध्यक्षको भुमिकासमेत निर्वाह गरेर पत्रकारिता क्षेत्रमा उच्च योगदान पुराउनुभएकोले सम्मान गरिएको बताइएको छ । घिमिरेसङ्गै सोहि अवसरमा गुल्मीका पत्रकार तथा प्रेस युनियनका केन्द्रीय सदस्य कौरव खत्री र प्रेस युनियन गुल्मीका अध्यक्ष रेशम कुवरलाइ मायाको चिनो स्वरुप ढाका टोपि लगाएर सम्मान गरिएको थियो ।

सम्मानित घिमिरेलाइ नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, उपाध्यक्ष तथा निर्वाचन सम्योजक माधव अर्याल र नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश सभापति अमर पुनले अबिर, ढाका टोपी र प्रमाण पत्र हस्तान्तरण गरेर सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय