मुसिकोट नगर खेलकुद विकास समितिको प्रथम बैठक सम्पन्न,फाल्गुण ३-५ गते राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता हुने
सागर भण्डारी,मुसिकोट । मुसिकोट नगर खेलकुद विकास समितिको पहिलो बैठक सम्पन्न भएको छ । पुस १७ गतेको नगरकार्यपालिकाबाट गठित समितिले आफ्नो पहिलो बैठक सम्पन्न गर्दै विभिन्न महत्वपूर्ण विषयमा छलफल तथा निर्णय गरेको छ ।

मुसिकोट नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप खत्रीको अध्यक्षतामा बसेको बैठकले ६ वटा प्रस्ताव माथि छलफल गरी निर्णय गरेको हो । जसअनुसार यही फाल्गुण ३,४ र ५ गते नगरस्तरीय राष्ट्रपति शील्ड प्रतियोगीता सञ्चालन गर्ने र त्यसका लागि प्रस्तावना तैयार गरि नगरपालिकामा पेश गर्ने निर्णय गरेको बताईएको छ ।

त्यस्तै सोही बैठकले मुसिकोट नगरपालिका वडा न.६ ग्वादिकाचौरमा रहेको कभर्ड हलको स्टोर रुममा नगर खेलकुद विकास समितिको कार्यालय स्थापना गरी निरन्तर खेलकुदका गतिबिधिहरुलाई सक्रिय रुपमा सञ्चालान गर्ने निर्णय पनि गरेको अध्यक्ष खत्रीले जिटिभि नेपाललाई जानकारी दिनुभयो ।

बैठकले सचिवालय समिति पनि गठन गरेको छ । जसको सदस्यहरुमा प्रकाश नेपाली, चुरा बहादुर छन्त्याल, सन्दिप खत्री, बोम छन्त्याल, विष्णु प्रसाद खरेल, सुरज नेपाली र तिलका घिमिरे रहनुभएको छ ।

त्यस्तै नगर खेलकुद विकास समितिलाई आवश्यक सामाग्री खरिदका लागि शिक्षा अधिकृत प्रकाश नेपाली सयोंजक रहेको खरिद समिति समेत गठन गरेको बताईएको छ ।

त्यस्तै बैठकले राष्ट्रपति रनिङ शील्ड प्रतियोतामा सहभागी हुने खेलाडी एवम् विध्यार्थीहरुको उमेर हद बन्धी तोकेको छ । बैठकले प्रतियोगीतामा सहभागी हुने विध्यालय संख्या र खेलाडी संख्या बढाउन टाढाका विध्यालय र न्यूनतम १४ जना विध्यार्थी सहभागी गराउने विध्यालयलाई यातायात बापतको खर्च समेत दिने निर्णय गरेको छ ।

समितिले यातायात खर्च दिने पहिलो पटक निर्णय गरेको र यसले सहभागीहरुलाई प्रोत्साहन हुनुका साथै सहभागी विध्यालयको संख्या वृद्दि हुने अपेक्षा रहेको अध्यक्ष खत्रीले बताउनुभयो ।

जसअनुसार दुरीको हिसाबले `क´वर्गमा पर्ने विध्यालयहरुलाई नगद रु.९ हजार र `ख´ वर्गमा पर्ने विध्यालयलाई ६ हजार र `ग´वर्गमा पर्ने विध्यालयहरुलाई रु.४ हजार रुपैया दिने निर्णय भएको खत्रीले जानकारी दिनुभयो । बैठकमा नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत बिनोद कुँवर प्रमुख अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय