गठबन्धन भत्काउने कांग्रेस रणनीति, चन्द्र भण्डारीले गरे यस्तो खुलसा !

काठमाडौं– नेपाली कांग्रेसमा सांसद चन्द्र भण्डारीले सत्ता गठबन्धन टुटाउन कांग्रेस लाग्नु स्वभाविक भएको बताएका छन्।

प्रतिनिधिसभाको सभामुखमा सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे निर्वाचित भएपछि उनले सभामुखमा गठबन्धन टुटाउने प्रयास सफल नभएपछि अब राष्ट्रपतिको निर्वाचनको मिसनमा लाग्ने बताए। उनले भने, ‘हामी चार वटा पार्टी गठबन्धनमा भएका थियौं। सरकार बनाउने बेलामा त्यो टुट्यो। आफ्नो पक्षको गठबन्धन टुटेपछि अर्को पक्षको गठबन्धन टुटाउन लागिरन्छ त्यो निरन्तर प्रक्रिया हो । मिसन सभामुख थियो त्यो भएन अब मिसन राष्ट्रपतिमा हुन्छ।’

यो पनि पढ्नुहोस् – मुसिकोट गुल्मी । नेपाली काङ्ग्रेस मुसिकोटले नगर प्रमुख जीवन खरेल समक्ष ११ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

नेपाली कांग्रसले मुसिकोट नगरपालिकाकामा जिवन खरेल नगर प्रमुख पदमा निर्वाचित भएपश्चात नागरिकको आशा र विश्वाश अनुसार जनमुखी काम हुन नसकेको र आम जनताको कल्पना विपरित काम गराईको गति निकै सुस्त र दलिय स्वार्थबाट ग्रसित भएको जनगुनासो व्यापक रुपले बढिरहको भन्दै बुधबार ११ बुदे ज्ञापन पत्र बुझाएको हो ।

हिउदे नगर सभाको अधिवेशनको दौरान बजेट तथा कार्यक्रमको संसोधन तथा रकमान्तर गर्दा नेपाली
काँग्रेसका तर्फबाट बिजयी बनेका अध्यक्षहरुको वडामा निर्वाचित वडा समितीलाई बेवास्ता गरि गलत
नियतका साथ राजनितीक पूर्वाग्रह बोकेर आफ्नो दलका कार्यकर्ता अनुकुलका कार्यक्रमहरु समाबेश गरेको कुरा ज्ञापन पत्रमा रहेको छ ।

कांग्रेसले बुझाएको ज्ञापन पत्रमा राजनैतिक बेइमानी मात्र नभै प्रचलित संघिय शासन ब्यवस्थाको मर्म विरुद्ध कदमहरु भएको, वडाहरुलाई बजेटको सिलिङ उपलब्ध गराई सोही अनुरुप प्राथमिकताको आधारमा योजना छनोट गर्नुपर्नेमा आफू संबद्ध पार्टीका स्थानिय नेता कार्यकर्ताको उक्साहटमा भएको उक्त कार्यप्रति क्षमायाचना गर्दै अबिलम्ब विशेष नगरसभाको अबिधेशन बोलाई त्यसमार्फत आफ्ना दुराशयपुर्ण निर्णय सच्चाउन माग गरिएको छ ।

नगरपालिकाका शिक्षक तथा कर्मचारी नियुक्ती तथा सरुवामा अनावश्यक राजनितीक चलखेल
यथावत रहेकाले अबिलम्ब बिश्वासको वातावरण निर्माण गर्न, अनावश्यक राजनितीक हस्तक्षेप बन्द गर्न र जनमतको सन्तुलन नबिगार्न कांग्रसले नगर प्रमुख खरेलसमक्ष ज्ञापन पत्र मार्फत माग गरेको छ ।

नगर प्रमुख जस्तो जिम्मेवार र शक्तिशाली पदमा रहदा खरेललाई काम गर्न प्रशस्त अवसर र चुनौती रहेकाले चुनौतीहरुको सामना र अवसरहरुको सही सदुपयोग गर्न नसक्दा मुसिकोटको समग्र विकास प्रयासमा अनावश्यक हस्तक्षेप बढ्दै गएको तर्फ नेपाली काङ्ग्रेसको ध्यान आकृष्ट भएको कुरा बताईएको छ ।

निर्णय क्षमताको अभाव, दलिय प्रभावको कारण सृजित अन्योलताका विच मुसिकोटको असली नगर प्रमुख
.को हो भन्ने गम्भिर प्रश्न खडा भएकाले यस विषयलाई समयमै गम्भीर रुपमा लिन कांग्रेसले नगर प्रमुख खरेललाई अनुरोध गरेको छ ।

त्यस्तै कांग्रेसले बुझएको ज्ञापन पत्रमा निशुल्क शिक्षा, गुणस्तरिय स्वास्थ्य, ब्यवस्थित कर्मचारी प्रशासन, दैनिक सेवा प्रवाहमा सहजता, रोजगारीको सृजना, युवा पलायन रोक्ने खालका कार्यक्रमको सुरुवात, प्रदुषण नियन्त्रण,कृषि र उद्योग क्षेत्रको बिकासमा अहिलेसम्म मुसिकोट नगरपालिकाको प्रगती शुन्य रहँदा नागरिकमा निराशाको सन्चार भएकाले यस बिषयमा बिशेष ध्यान दिन अनुरोध गरेको छ ।

त्यस्तै कृषि उत्पादनको बिक्री सुनिश्चितताको घोषणा अझै पनि कार्यान्वयनमा नआएको र कृषकलाई
ब्यवशायिक बनाई उत्पादन प्रबर्धन. गर्ने कार्यक्रम समेत तर्जुमा नभएकोले कृषि क्षेत्रमा घोषित कार्यक्रमको.
अबिलम्ब प्रभावकारी कार्यान्वयन गर्न समेत ज्ञापन पत्र मार्फत अनुरोध गरेको छ ।

योजनाहरुको निर्माण र प्राथमिकीकरण गरी अत्यावश्यक योजनाहरुमा बजेटको प्रबन्ध गरि तत्कालिन रुपले कम प्रतिफल दिने महत्वहिन योजनामा रकम बितरण गर्ने प्रणालीको अन्त्य गर्न नेपाली कांग्रेसले अनुरोध गरेको छ ।

यसै गरि विभिन्न क्षेत्रमा असंगठित समूहहरु, प्रचलित कानुनले नचिन्ने संघसंस्थाहरुलाई समेत सहायता दिएको र नगरपालिकाका विभिन्न क्षेत्रका नागरिकहरु अझैपनि खानेपानीको समस्या संग जुध्नु परिराखेको परिप्रेक्ष्यमा ब्यवस्थित रुपले खानेपानीका योजनाहरुलाई निरन्तरता दिन र एक घर एक धाराको नाममा काम रोकिएका योजनाहरुको काम छिटो सम्पन्न गर्न कांग्रसले नगर प्रमुखलाई ध्यानाकर्षण गराएको छ ।

पर्यटन पुर्वाधार विकासको नाममा अनावश्यक रुपले शुन्य प्रतिफल दिने योजनामा लगानी नगर्न, निर्माण
गरिन लागेका भौतिक संरचनाबाट लक्षित समुदायले यथोचित लाभ लिने स्थितीको प्रत्याभुती नभएसम्म
जनताको करबाट बनेको राजश्व बालुवामा पानी खनाए जसरी नखन्याउन ज्ञापन पत्रमार्फत कांग्रेसले नगर प्रमुख खरेललाई सचेत गराएको छ ।

बिकासको प्रयासको नाममा अनावश्यक रुपले सडक निर्माण गर्दा पर्यावरणीय समस्या र पारिस्थितीक प्रणालीमै प्रतिकुल असर परिरहेको, बसाईसराईको कारण गाँउहरु शुन्य हुदै गैरहेको, पानीका मुहानहरुको
रिर्चाज र पोखरीहरुको निर्माण महत्वका साथ नगरिएको कारण पहाडी भुभागमा नागरिकको बसाई दिन-प्रतिदिन घट्दै गइरहेको तर्फ समयमै नगर प्रमुखले ध्यान दिनुपर्ने कांग्रेसको भनाई रहेको छ ।

मुसिकोट नगरपालिकाका छाँया सरकार प्रमुख हरिनारपण सापकोटा, नेपाली काँग्रेस मुसिकोट नगर सभापति मोहन घिमिरे, नेपाल तरुण दल मुसिकोटका नगर सभापति भिम पाण्डे लगायतले बुझाउनु भएको ज्ञापन पत्र ग्रहण गर्दै नगर प्रमुख जिवन खरेलले यसप्रति आफु सकारात्मक रहेको र आफुबाट केही कमिकमजोरि भएको भए भोलिका दिनमा सच्चाएर अगाडि बढ्ने बताउनु भएको नेपाली काँग्रेस मुसिकोट नगर सभापति मोहन घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय