ईतिहास रच्न सफल बडिगाडका खेलाडीहरु !

सागर भण्डारी,बाग्लुङ
बाग्लुङको बडिगाड गाउँपालिकामा रहेको बडिगाड डोजोका खेलाडीहरुले सानै उमेरमा ईतिहास रचेका छन् । हालै भारतको पञ्जाव बटलामा सम्पन्न अन्तराष्ट्रिय स्तरको ईन्डो नेपाल कराते प्रतियोगीतामा डोजोका खेलाडीहरुले सबै जनाले प्रथम स्थान हासिल गरेका छन् ।

नेपालकै प्रतिनिधित्व गर्दै पहिलो पटक अन्तरराष्ट्रिय प्रतियोगीतामा डोजोका खेलाडीहरु सहभागी भएका थिए । डोजोका अध्यक्ष राजन पाईजाका अनुसार डिसेम्बर २० तारिख देखि भएको खेलमा सहभागी सबै ६ जना खेलाडीले नै प्रथम स्थान हासिल गरेका हुन् ।

हामी जित र हारको लागि भन्दा पनि अनुभवका लागि खेलमा सहभागी भएका थियौँ । भाईबहिनीहरुले राम्रै खेल प्रदर्शन गरे अन्तत नतिजा पनि राम्रै आयो यसले हाम्रो बडिगाड करातेको खेललाई अझै माथि पुर्याएको महसुस गरेको छु । पाईजाले भने । यस अगाडी डोजोका खेलाडीहरुले राष्ट्रिय स्तरका खेलहरुमा सहभागी भएर थुप्रै उपाधीहरु जितेका छन् ।

डोजोका ६ जना खेलाडीहरु खेलमा सहभागी हुन बिहिवार भारतको पञ्जाव तर्फ प्रस्थान गरेका थिए । उनीहरुलाई रुपन्देहीमा विदाई तथा शुभकामना दिईएको थियो । खेलमा बडिगाड डोजोका तर्फबाट १३ वर्षीय विज्जल पाईजा,१४ वर्षीय खेलाडी विनोद पाईजा,१६ वर्षीय खेलाडी लक्ष्मण पुन,१७ वर्षीय मिलन थापा,१९ वर्षीय निलम थापा र १७ वर्षीय पवित्रा बलाल सहभागी भएका थिए ।

यती सानै उमेरमा भारतमा गएर उत्कृष्ट खेल प्रदर्शन गरेकोमा बडिगाड डोजोले सम्पूणर् खेलाडीहरु प्रति आभार व्यक्त गरेको छ । बाग्लुङको पश्चिम क्षेत्रमा पर्ने बडिगाड गाउँपालिकामा कराते खेललाई निकै महत्वका साथ हेरिन्छ । त्यहाँ कराते खेलकुद सञ्चालन र व्यवस्थापनका लागि अहिले भवन समेत निर्माण हुँदैछ । खेललाई माथि लैजान राजन पाईजाले निकै सक्रियताका साथ काम गरिरहनुभएको छ । उहाँ आफै करातेको रेफ्री हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय