नेपाल शिक्षक महासंघ मुसिकोटले नगरपालिकालाई ध्यानाकार्षणसहित ज्ञापन पत्र बुझायो,नगरपालिका सकारात्मक
नेपाल शिक्षक महासंघ मुसिकोटले नगरपालिकालाई ध्यानाकार्षणसहित ज्ञापन पत्र बुझाएको छ।
केहि समय अगाडी मात्र दोश्रो नगर अधिवेशनबाट चयन भएको महासंघको पहिलो बैठकले मुसिकोट नगरपालिकामा विभिन्न मागसहित डेलिगेसन जाने निर्णय गरे बमोजिम मंगलबार नगर समितिले डेलिगेसन मार्फत ज्ञापन पत्र बुझाउदै नगरपालिकाको ध्यानाकर्षण गराएको छ।
जसमा महासंघले ४ बुदामा ध्यानाकर्षण गराएको महासंघका अध्यक्ष देवीराम शर्माले जानकारी दिनुभयो।
जस अन्तरगत हाल माध्यमिक तहको स्थायी नियुक्ती पदस्थापन पछि उक्त तहका केही शिक्षक शिक्षण पेशाबाट नै विस्थापित हुन पुग्नुभएकोले अब क्रमश निम्न माध्यमिक तहको पदस्थापनमा र प्राथमिक तहको पदस्थापन हुदा पनि क्रमश यो विस्थापित हुने क्रम बढ्ने भएकोले त्यस्ता शिक्षकहरुलाई सम्भव भए सोहि तहकै रिक्त हुने पदहरुमा र त्यसो हुन  नसके क्रमश तल्लो तहका पदहरुमा स्थापित गरि उहाहरुको जागिरको सुनिश्चितता गरिदिनुहुन आग्रह गर्दछौ भनिएको छ ।
त्यस्तै दोश्रो बुदामा विगतका वर्षहरुमा मुसिकोट न पा शिक्षा शाखाबाट अर्धवार्षिक र वार्षिक परिक्षा,कक्षा १० को एस इ इ तयारी परीक्षा, आधारभूत तह उत्तिर्ण परिक्षा, नगरभित्र एकै समय,मिति,प्रश्नपत्र र समयतालिकामा संचालन हुदै आएकोमा विगत २ वर्षदेखि अर्धवार्षिक परीक्षामा त्यस्तो हुन नसकेको,कक्षा ८ को नगरस्तरीय परीक्षा पनि व्यवस्थित हुन नसकेको अवस्थामा त्यसलाई थप व्यवस्थित गर्दै समयमै तयारीका साथ परीक्षा संचालनको व्यवस्थापन गर्न आग्रह गर्दछौ भनिएको महासंघ नगर सचिव बुद्दिमणि खरेलले जानकारी दिनुभयो।
तेश्रो बुदामा विद्यालयको अनुगमन निरीक्षण, नमुना पाठ प्रदर्शन पाटो कमजोर हुदा अपेक्षित शैक्षिक सुधार हुन नसकेको र अनुगमन निरीक्षण भएमा भौतिक विषयवस्तुमा केन्द्रित भैदिदा मुख्य विषय ओझेलमा परेकोले  शिक्षणसिकाइ क्रियाकलापसंग सम्बन्धित हुनेगरी अनुगमन निरीक्षण कार्य अगाडी बढाउनुहुन अनुरोध गर्दछौ भनिएको छ।
चौथो बुदामा मुसिकोट न पा भित्रका शिक्षकहरुलाई न पा कै आयोजनामा विगत केहि वर्षदेखि नै कुनै किसिमका उत्प्रेरणात्मक कक्षाहरु संचालन नभएको हुदा शिक्षकहरूमा पुनर्ताजकी हुने अवसरबाट बन्चित हुनुपरेको छ , त्यसकारण त्यस्ता कार्यहरुमा न पा सकारात्मक भै अबिलम्ब कार्य अगाडी बढाउन जोडदार माग गर्दछौ भनिएको छ ।
साथै उल्लेखित कार्यहरु सम्पन्न गर्नका लागि रचनात्मक सहयोग गर्न नेपाल शिक्षक महासंघ सदैव नगरपालिकाको साथमा रहेको महासङ्घ नगर उपाध्यक्ष बोम छन्तेलले बताउनुभयो ।
महासङ्घका मागप्रति आफुहरु सकारात्मक रहेको र नगरपालिकालाइ रचनात्मक सुझाव दिनको लागि नगरप्रमुख जीवन खरेल आग्रह गर्नुभएको थियो । सोहि समयमा महासङ्घका मागहरु कार्यान्वयनको चरणमा रहेको शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले बताउनुभयो ।
महासङ्घ अधिकार र कर्तव्य दुबै कुरामा ध्यानाकर्षण गराउन आएकोमा खुसी लागेको बताउदै आम शिक्षकहरुलाइ सम्बन्धित कुरामा जानकार र जवाफदेहि बन्न प्रमुख प्रशासकीय अधिकृत विनोद कुवरले आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख जीवन खरेल, उपप्रमुख गङ्गा श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विनोद कुवर, शिक्षा शाखा प्रमुख प्रकाश नेपाली,महासङ्घ नगर अध्यक्ष देवीराम शर्मा, उपाध्यक्ष बोम छन्तेल, सचिव बुद्दिमणि खरेल, सहसचिव विष्णुप्रसाद आचार्य, सुकदेव रिजाल र सदस्य शिला खराल सहभागि हुनुभएको थियो ।
सगग्रमा नगर प्रमुख खरेलले महासङ्घका मागहरु राम्रा भएपनि कतिपय विषयमा आफुहरुले छलफल गर्ने र निर्णय लिने कुरा महासङ्घलाइ अवगत गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय