नेपाल रेडक्रस सोसाइटी थामडाडा उपशाखाको अधिवेशन सम्पन्न

कौरव खत्री,गुल्मी, ३ माघ
नेपाल रेडक्रस सोसाइटी मुसिकोट नगरपालिका वडा न १ को सातौ थामडाडा उपशाखा अधिवेशन सम्पन्न भएको छ ।

सातौ अधिवेशनले जीवन अर्यालको सभापतित्वमा नेपाल रेडक्रस सोसाइटी मुसिकोट नगरपालिका १ थामडाडा उपशाखा ११ सदस्यीय कार्य समितिको पुर्न गठन गरिएको छ ।

कार्य समितिको उपसभापति सावित्री श्रेष्ठ,सचिव भिमलाल घिमिरे,उपसचिव भिम पाण्डे,कोषाध्यक्ष केशवराज घिमिरे,सह–कोषाध्यक्ष बिष्णुदत्त खरेल रहनु भएको छ भने अन्य सदस्यहरुमा भोमा खरेल,इन्द्र बहादुर घर्ती,प्रेम बहादुर श्रीस,शंकर पाठक,रामराज घिमिरे रहनु भएको छ ।

साधारण सभा कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुसिकोट नगरपालिका नगर उपप्रमुख गंगा श्रेष्ठले रेडक्रस संस्था आफैमा मानवताको क्षेत्रमा काम गरेको बताउनुभयो ।

सोही अवसरमा नेपाल रेडक्रस सोसाइटीका थामडाँडा उपशाखा पुर्व अध्यक्ष रामराज घिमिरेले स्थापना कालमा १० जना सदस्यबाट सुरु गरेको रेडक्रसमा हाल आएर ९५ जना सदस्य रहेको बताउनु भयो ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी मुसिकोट नगरपालिका उपशाखा समन्वय समिति संयोजक अध्यक्ष भुवन केसीले विपतमा राहत र सहयोग गर्ने संस्थाको रुपमा स्थापना भएको जानकारी दिनुभयो ।

यस्तै नेपाल रेडक्रस सोसाइटी गुल्मीका कोषाध्यक्ष ज्ञानहरी सापकोटाले रेडक्रस सोसाइटीले अप्ठ्यारो परिस्थितिमा परेकाहरुलाई सक्दो सहयोग गर्न तयार रहेको र रेडक्रस सोसाइटीले राम्रो काम गरेर अगाडी बढ्न आग्रह गर्नुभएको थियो ।

सोही अवसरमा मुसिकोट नगरपालिकाका नगर कार्यपालिका सदस्य प्रतिमा केसी, वडा सदस्य विश्वध्वज खाती,नेपाल राष्ट्रिय सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक चिरिञ्जीवी थापा, सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक रोमाकान्त खरेल,अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक ढाल बहादुर केसी लगायतको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी मुसिकोट थामडाँडा उपशाखाका उपसभापति इन्द्र बहादुर घर्तीको सभापतित्व तथा मा थामडाँडा उपशाखा संस्थाका कोषाध्यक्ष सावित्री श्रेष्ठको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने थामडाँडा उपशाखा कार्य समिति सदस्य भिमलाल घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय