प्रचण्डको नेतृत्वमा २३ सदस्यीय मन्त्रिपरिषद् बिस्तार, मन्त्री बन्न हौसिएकाहरुले टिकाउलान् त विरासत ?

काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारमा नयाँ मन्त्री थपिएसँगै २३ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज १२ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेसँगै प्रचण्ड नेतृत्वको सरकार २३ सदस्यीय बनेको हो ।

मन्त्रिपरिषद्मा ४ जना उपप्रधानमन्त्री रहेका छन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आजै पद तथा गोपनीयताको शपथ भइसकेको छ ।सत्ता साझेदार दलमाभएको भागबण्डाअनुसार एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपाले ३–३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएका छन् । यस्तै माओवादी, रास्वपा र राप्रपाले १–१ राज्यमन्त्री पनि पाएका छन् । प्रधानमन्त्री प्रचण्डले २ मन्त्रालय आफूसँगै राख्नुभएको छ । हालको सरकारमा १६ जना नयाँ अनुहार मन्त्री भएका छन् । विभिन्न पेशा व्यवसाय वा लामो राजनीतिमा लागेका व्यत्तिहरुपनि पहिलोपटक मन्त्री बनेका छन् । सरकारमा सामेल सबै दलहरुले अधिकांश नयाँ अनुहारलाई मन्त्री पठाएका छन् ।

मन्त्रालयको जिम्मेवारी सम्हाल्दै नवनियुक्त मन्त्रीहरुले आआफ्ना प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन् । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले जिम्मेवारी सम्हाल्दै स्वास्थ्य क्षेत्रमा आगामी पाँचवर्षे कार्यकालभरी देखिएका विकृत पक्षलाई निरुत्साहित गर्दै दरबन्दी परिपूर्ति गर्ने बताउनुभएको छ ।

उपप्रधानमन्त्री एवं उर्जा, जलस्रोत तथा सिचाईं मन्त्री राजेन्द्र लिङ्देनले विगतमा भएका कामहरुको अध्ययन गर्दै आगामी दिनमा रणनीतिक योजना तय गर्नका तीन सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरिएको बताउनुभयो बताउनुभयो । उर्जा र जलश्रोतका क्षेत्रमा भएका कामहरुलाई अध्ययन गरी नयाँ ढंगले अगाडि बढ्ने लिङ्देनको योजना रहेको छ ।

परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएकी मन्त्री विमला राई पौडेलले मुलुकको असंलग्न परराष्ट्र नीतिलाई आत्मसात गर्दै केही नबुझेका, बाझिएका विषयहरुमा छलफल गर्दै अगाडि बढ्ने बताउनुभयो ।

लामो समयसम्म एकछत्र राज गरेका पूराना मन्त्रीका अनुहारहरुलाई राजनीतिक दलले ब्याक गरेका छन् । खस्किँदो अर्थतन्त्र र व्यापार घाटा रहेको स्थितिमा बनेको नयाँ सरकारले जनताको हीतका पक्षमा काम गर्न सक्ला यो भने हेर्न बाँकी छ । कसैलाई प्रधानमन्त्री, मन्त्री बन्ने रहर मात्रै पूरा नहोस् साच्चै यो कार्यकाल विकास वर्षका रुपमा परिणत होस् सबैलाई शुभकामना ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय