स्वास्थ्य कार्यालय गुल्मीद्धारा घरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य जाँच

सूर्य सुनार गुल्मी । स्वास्थ्य कार्यालय गुल्मीले घरघरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेको छ । जिल्लाको १२ वटा स्थानीय तहमा घरमै पुगेर जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष ०७९÷०८० को निती तथा वार्षिक कार्यक्रम अनुसार जेष्ठ नागरिकको घरघरमा गएर स्वास्थ्य परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पशुपति आर्चायले जानकारी दिए ।

जिल्लामा ७० वर्ष भन्दा माथिका नागरिक झन्डै १२ हजार रहेको र अहिले सम्म ८ हजार नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएकोे स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । रेसुङ्गा नगरपालिका र मुसिकोट नगरपालिकामा नागरिकहरुको स्वास्थ्य परिक्षण चलिरहेको स्वास्थ्य कार्यालयका प्रमुख आर्चायले बताए ।

लुम्बिनी प्रदेश सरकारको कार्यक्रम अन्तरगत
जिल्लाको मुसिकोट नगरपालिका ३ मा पनि १५३ जना जेष्ठ नागरिकले स्वास्थ्य परिक्षण गरेको बडागाउँ स्वास्थ्य चौकीका इन्र्चाज मनोज श्रेष्ठले बताए ।

लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी सहित घरमै पुगेर सेवा दिदा जेष्ठ नागरिकमा खुशी छाएको मुसिकोट नगरपालिका ३ का वडाध्यक्ष शंकर रायमाझीले बताए ।

स्वास्थ्य कार्यालय गुल्मीले पौष २१ गते देखी स्थानीय सरकारसंग समन्वय गरी स्वास्थ्यकर्मी सहित जेष्ठ नागरिकको घरमा पुगेर स्वास्थ्य जाँच गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय