मुसिकोट । लियो क्लब अफ गुल्मी सालिमेको न्यानो लुगा वितरण अभियानको दोस्रो चरणमा मुसिकोट १ पौदि अमराईमा लुगा बितरण गरिएको छ ।
क्लवले गत पुस २९ अर्थात jan 13 का दिन परेको Lions club international का जन्मदाता Melvin Jones को जन्मदिनको अवसरमा मुसिकोट नगरपालिका वडा नम्बर ७ वामीटक्सारमा एक कार्यक्रमकाबीच दिप प्रज्वलन गरि जन्मदिन मनाएसङ्गै न्यानो लुगा संकलन तथा वितरण अभियान सुरु गरेको थियो।
सोहि अभियान अनुसार क्लवले बिभिन्न ठाँउबाट लुगा संकलन गरि आज अभियानको दोस्रो चरणमा मुसिकोट नगरपालिका वडा नम्बर १ पौदि अमराईमा न्यानो लुगा बितरण गरेको क्लवका अध्यक्ष पुजन सापकोटले जानकारी दिनुभयो।
क्लवले यसै अभियानको पहिलो चरणमा मुसिकोट नगरपालिका वडा नम्बर ७ को बसेरिमा आर्थिक अवस्था कमजोर परिवारहरुमा जाडो मौसमसङ्गै गर्मी मौसममा समेत लगाउन मिल्ने खालका लुगा बितरण गरेको थियो ।

क्लवले जाडो मौसममा न्यानो लुगाको अभावमा परेका र आवस्यकता अनुसार लुगा किन्न नसक्ने परिवारहरुलाई सहयोग गर्ने उद्धेश्यले यो अभियान सुरु गरेको क्लवका जनसम्पर्क अधिकृत बिबेक काफ्लेले बताउनुभयो।
क्लवले सुरु गरेको यो अभियान निरन्तर चलिरहने र भोलिका दिनमा जाडो मौसममा न्यानो लुगाको अभावमा परेका र आवस्यकता अनुसार लुगा किन्न नसक्ने परिवार भएका बस्ति पहिचान गरि बस्ति बस्ति पुग्ने लक्ष्य रहेको क्लवका अध्यक्ष सापकोटाले बताउनुभयो।
कुनै पनि परिवार वा ब्याक्तिले आफुसङ्ग भएका प्रयोग गर्न मिल्ने सफा लुगा भएमा मुसिकोट नगरपालिका वडा नम्बर ७ वामीमा रहेको क्लवको कार्यालय वा लियो क्लब अफ गुल्मी सालिमेका सदस्यसङ्ग सम्पर्क गरि जम्मा गराउन र आफुलाई आवस्यक परेका लुगा लैजन समेत सक्ने ब्यबस्था रहेको क्लवका जनसम्पर्क अधिकृत बिबेक का्फ्लेले जानकारी दिनुभयो ।
केहि समय अगाडी मुसिकोट नगरपालिकामा गठन भएको यो कलवले यस अघि मुसिकोट ७ वामीटक्सार गुल्मीले सडक दुर्घटना कम गर्ने उद्धेश्यले सडक ऐना, बजार क्षेत्रका विभिन्न ठाउँमा ट्राफिक सचेतना लेखिएका बोर्ड र फोहोर राख्ने डस्टबिन राखेको थियो । क्लवले अबका दिनमा पनि नागरिकको दैनिक जिवनमा प्रत्यक्ष प्रभाव पर्ने गरि सामाजिक काम गर्ने लक्ष्य लिएर निरन्तर लागि पर्ने क्लवले बताएको छ ।