जाडो विदामा घर हिँडेका बाबुछोरीकै विमान दु,र्घटनामा मृत्यु

पर्वत । पोखरामा भएका विमान दु,र्घटनामा ज्यान गुमाउनेमा पर्वतको कुश्माका बाबुछोरी नै छन् ।

दुर्घ,टनामा कुश्मा नगरपालिका- ९ कटुवा चौपारीका ४६ वर्षका अरुण पौडेल र उनकी छोरी वर्ष ११ कि प्रसिद्धि पौडेलको मृत्यु भएको छ । काठमाडौंको बृहस्पति विद्याश्रममा कक्षा ५ मा पढ्ने छोरी प्रशिद्धि जन्मघर पर्वत आउने क्रममा उनीहरू दु,र्घटनामा परेका हुन् ।

छोरीको स्कूल बिदा पनि भएकाले दाजुभाइ भेटौं भनेर जन्मघर आउन लाग्नु भएको रहेछ, अरुणका छिमेकी उपेन्द्र अधिकारीले भने, उहाँहरूलाई लिन भाइ (अरुणका भाइ केशव) विमानस्थलमै पुग्नुभएको थियो ।’

केशवले नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर अरुण र प्रशिद्धिको शवको पहिचान गरेका थिए ।

मृतक पौडेल ९ वर्ष कोरियामा बसेर फर्केका थिए । अधिकारीका उनका अनुसार कोरियाबाट फर्केपछि पौडेल ३ छोरी र श्रीमतीसँग काठमाडौंमा बस्दै आएका थिए ।

कोरियाबाट फर्किपछि समाज सेवामा लागेका उनी गत मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा पर्वतबाट स्वतन्त्र उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय