विमान दुर्घटना : ४ जना अझै फेला परेनन् !

काठमाडौं । पोखरामा भएको यती एयरको विमान दुर्घटनास्थलमा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर र रोप रेस्क्यु गरी १५ जनाको टोली पोखरा पठाएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

आइतबार विहान पोखराको सेती खोँचमा यती एयरलाइन्सको विमान दुर्घटना भएको थियो । जसमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार थिए । नागरिक उड्डयन प्राधिकरणले हालसम्म ६८ जनाको मात्र शव भेटिएको जानकारी दिएको छ । शव भेटिएकामध्ये ११ जनाको सनाखन भइसकेको छ ।

हालसम्म ६८ जनाको शव भेटिएको छ भने अन्यको अवस्था अज्ञात छ । उनीहरुको खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोरको टोली परिचालन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय