काठमाडौं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दुर्घटना भएको सूचना आएको र अस्पताल र एम्बुलेन्स हाई अलर्टमा राख्न भनेको बताए ।
![](https://nabakhabar.com/wp-content/uploads/2024/02/Naba-Khabar-1-1-1-1-1-1-2-196x300.png)
जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।