कौरव खत्री – गुल्मी । गुल्मी मुसिकोटको ज्ञानज्योति आधारभूत विद्यालयलाई चन्दा सहयोग जुट्दै गएकाे छ ।
मुसिकोट नगरपालिका ९ अर्लाङकोट पाँणथोक गुल्मी स्थित रहेकाे ज्ञानज्याेति आधारभूत विद्यालयकाे लागि गुल्मी मुसिकाेट नगरपालिका ९ अर्लाङकोट पाँणथोक गुल्मी निवासी समाजसेवी यादुलाल सापकोटाले विद्यालयलाई ७ लाख,२६ हजार,१सय,१ रूपैया चन्दा सहयोग गर्नु भएकाे विद्यालयका प्रधानाध्यापक यज्ञमुर्ति सापकोटाले जानकारी दिनुभयो ।
आँउदो फागुन ९ गते देखि १६ गतेसम्म विद्यालयमा रजत महोत्सव श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको विद्यालयले जनाएकाे छ ।
२०५४ सालमा स्थापना भएको ज्ञानज्योति आधारभुत विद्यालयमा हाल कक्षा १ देखि ८ सम्मका कक्षा सञ्चालन हुदै आएका छन् ।
विद्यालयको शैक्षिक गुणस्तर सुधार एंवम् स्तरवृद्धि गर्ने लक्ष्यका साथ रजत महोत्सव तथा श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञलाई सफल बनाउन यतिबेला विभिन्न ठाउँ ठाउँमा महाेत्सवकाे प्रचार प्रसार र भेटघाट कार्यलाई तिव्रताका साथ अगाडी बढाइएको विद्यालयका प्रधानाध्यापक यज्ञमुर्ति सापकोटाले जानकारी दिनुभयो ।