काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३ सय ७७ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । आज ४ जना संक्रमणमूक्त भएका छन् ।
सोहि अवधिमा ११ हजार ४ सय २१ जनाले कारोनाविरुद्धको खोप पनि लगाएका छन् । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या २८ रहेको छ ।