सन्दीप लामिछाने धरौटीमा रिहा

काठमाडाैं | राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने रिहा हुने भएका छन् । पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने भएका हुन् ।

न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालत काठमाडौंले पाठकलाई ३ वर्ष ३ महिना कैद सजाय र ३९ लाख जरिवानाको फैसला सुनाएको अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले लोकान्तरलाई जानकारी दिए ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले पाठकलाई दोषी ठहर गरेको हो । नेपाल इन्जिनीयरिङ कलेजको जग्गा विवादमा ७८ लाख घुस लिएको आरोपमा पाठकमाथि मुद्दा दायर भएको थियो ।

अख्तियारको आयुक्त भएकै बेलाको मुद्दा भएकाले थप ३ महिना कैद हुने समेत फैसलामा उल्लेख रहेको योगीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय