सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ सकियो, के आउला आदेश ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ सकिएको छ ।

लामिछानेको निवेदनमाथिको सुनुवाइ न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा भएको हो । सन्दीप नाबालिग बला,त्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा छन् । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशविरुद्ध सन्दीपले उच्च अदालत गुहारेका हुन् ।

यसअघि ३ पटक पेशी चढेर पनि सुनुवा‍इ भएन । बिहीबार लामिछानेको मुद्दामा अधिवक्ता शम्भु थापा, रमन श्रेष्ठ, कृष्ण भण्डारी, मुरारी सापकोटा लगायतले बहस गरेका छन् ।

गत कात्तिक १८ गते जिल्ला अदालत काठमाडौंले दुवै पक्षको बहसपछि सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

यसअघि पुस १२ गते बला*त्कार आरो,पित पूर्वकप्तान लामिछानेबाट पीडि.त किशोरीको जन्मदर्ता प्रमाणपत्र झिकाउन जिल्ला अदालत काठमाडौंका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले आदेश दिएको थियो ।

नाबालिगलाई बला*त्कार गरेको आरोपमा गत असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय