इस्मा गाउँपालिकामा निःशुल्क मुटु शिविर संचालन हुँदै

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा निःशुल्क मुटु शिविर संचालन हुँदैछ । गाउँपालिकाको वडा नम्बर २ छल्दीमा रहेको पालुखा माध्यमिक विद्यालयमा पुस ३० गते निःशुल्क मुटु परिक्षण शिविर संचालन गर्ने भएको हो ।

गाउँपालिकाले दिर्घरोगी र ६० बर्ष माथिका नागरिकको निःशुल्क मुटु परिक्षण गर्न लागेको गाउँपालिकाका प्रवक्ता पार्वती कुँवरले जानकारी दिइन् । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम बमोजिम इस्माली नागरिकको स्वास्थ्य परिक्षण अन्तर्गत माघी मेलाको अवसर पारेर कार्यक्रम आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती कुवँरले बताइन् । उनका अनुसार साँस्कृतिक कार्यक्रम सहित स्वास्थ्य परिक्षण हुने र यसबाट दोहोरो फाइदा हुन्छ ।

मुटु शिविरमा मुटुरोग बिशेषज्ञ डा. सुमन्ता बञ्जाडे सहितको समूह आउँदैछ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदमलाल अधिकारीले शिविरमा आउँदा आफ्नो परिचय खुल्ने कागजात लिएर आउन अनुरोध गरेका छन् । मुटु शिविरमा धेरै इस्मालीले सेवा लिने अवसर पाउने छन् । यो निःशुल्क परिक्षण पनि भएकाले धेरै नागरिकले सेवा लिने अपेक्षा राखिएको गाउँपालिका अध्यक्ष भगत सिंह खण्डकाले बताए ।

इस्मा गाउँपालिका नागरिकको स्वास्थ्य प्रति गम्भीर रहेकोले निःशुल्क रुपमा स्वास्थ्यका विभिन्न शिविर चलाइरहेको पनि गाउँपालिकाका अध्यक्ष खड्काले बताएका छन् ।- श्रोत सुसम न्युज gulmipaper.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय