प्राविधिक शिक्षा,छात्राबास,स्कुल बसको लक्ष्य सहित भानुमावि महोत्सव

कौरव खत्री – गुल्मी – बागलुङ बडिगाडको एक माध्यमिक विद्यालयमा हिरक महोत्सव गरिने भएको छ ।

बडिगाड गाँउपालिका ५ग्वालिचौर टारी,बागलुङ स्थित रहेको भानु माध्यमिक विद्यालयमा हिरक महोत्सव सञ्चालन गरिने भएको छ । “गुणस्तरीय सुविधायुक्त प्राविधिक शिक्षाका लागि पूर्वाधार हिरक जन्मोत्सव विशेष अवसर र आधार” भन्ने मुल नारा सहित विद्यालय स्थापना भएको ६०आंै बर्ष पुरा गरेको अवसरमा आँउदो माघ २२ गते देखि २८ गतेसम्म विद्यालयमा हिरक महोत्सव गर्न लागिएको भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव खरेलले जानकारी दिनुभयो ।

साथै महोत्सवमा विद्यालयका संस्थापक,शैक्षिक, आर्थिक,भौतिक तथा व्यवस्थापकीय पक्षमा सहयोग पु¥याउनु हुने व्यक्ति एंव पूर्व प्रधानाध्यापक,शिक्षक, कर्मचारी,पूर्व विद्यालय व्यवस्थापान समिति,शिक्षक अभिभावक संघका पदाधिकारी लगायतलाई सम्मान गरिने र महोत्सवमा शैक्षिक,खेलकुद तथा सांस्कृतिक कार्यक्रम,हिरक महोत्सव स्मारक स्तम्भ स्थापना लगायतका कार्यक्रमहरु सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक खरेलले जानकारी दिनुभयो ।

साथै हालसम्म महोत्सवमा करिव ४५ लाख आर्थिक चन्दा सहयोग संकलन भएको प्रधानाध्यापक खरेलले जानकारी दिनुभयो । विद्यालयमा प्राविधिक धारका कक्षा सञ्चालन,छात्राबासको सुविधा, निःशुल्क शिक्षालाई पूर्ण कार्यान्वयन गर्ने,विद्यालयमा स्कुल बस सञ्चालन गर्ने लगायतका उद्देश्य रहेको हिरक महोत्सव मुल समारोह समिति अध्यक्ष अर्जुन प्रसाद खरेलले जानकारी दिनुभयो ।

२०१९ सालमा स्थापना भइआएको भानु माध्यमिक विद्यालयमा हाल कक्षा १–१२ सम्मका कक्षा सञ्चालन हुदै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर