को बन्यो लुम्बिनीको मुख्यमन्त्री ?

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता लीला गिरी नियुक्त हुनुभएको छ । गिरी ५८ जना सांसदको समर्थनसहित आज मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

एमाले संसदीय दलका नेतासमेत रहेका गिरीले आज एमाले माओवादी गठबन्धनको तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनसँग दाबी पेस गर्नुभएको थियो । गिरीले बहुमत देखाएपछि प्रदेश प्रमुख शेरचनले उनलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

गिरीलाई मुख्यमन्त्रीमा एमालेसहित नेकपा माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति, जसपा, लोसपा‚ जनमत पार्टी र तीन स्वतन्त्रसांसदले समर्थन गरेका छन् । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छ । तर गिरीलाई दुई तिहाई नजिकको बहुमत अर्थात ५८ मत प्राप्त भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय