छत्रभूमि इङ्ग्लिश बोर्डिंग स्कुलको १४ औ वार्षिक उत्सव धुमधामसंग मनाइदै

छत्रभूमि इङ्ग्लिश बोर्डिंग स्कुल मुसिकोट १ पौदिअमराइको १४ औ वार्षिक उत्सव समारोह पुस २९ गते धुमधामसंग हुने भएको छ।

वार्षिक उत्सव कार्यक्रमको अवसरमा सास्कृतिक,बौद्दिक तथा खेलकुदका कार्यक्रमका साथ राष्ट्रिय कलाकारहरुको उपस्थितिमा भव्य रुपमा मनाउन लागेको विद्यालयका प्रिन्सिपल आशिष केसीले बताउनुभयो। ग्रामिण समुदायका बालबालिकाहरुको अंग्रेजी माध्यम पढ्ने रहर पुरा गर्दै विद्यालयले १३ वर्ष पुरा गरेको व्यवस्थापक सुनिल थापाले बताउनुभयो।

सोहि अवसरमा विद्यालयले अन्तर विद्यालय आधारभुत तह हाजिरीजवाफ़ कार्यक्रम आयोजना गरेको छ। सांगीतिक कार्यक्रमतर्फ़ राष्ट्रिय कलाकारहरु नरेश खाती,उज्ज्वल गिरि र स्थानिय कलाकारहरु कमल बराल,प्रियंका दर्जी र बालकृष्ण बराल लगायतका कलाकारहरुको प्रस्तुति रहने शिक्षक दिप्सन छिनालले जानकारी दिनुभयो।

विद्यालय हाल नर्सरीदेखि कक्षा ५ सम्म संचालनमा रहेको र ग्रामिण इलाका भएपनि विद्यार्थीको संख्या पनि सन्तोषजनक रहेको प्रिन्सिपल केसीले प्रतिक्रिया दिनुभयो। कार्यक्रममा अभिभावकतर्फ़ महिलाहरुको लागि कुर्सी दौड प्रतियोगिता र पुरुषहरुको लागि घैटोफोर कार्यक्रम रहेको बताइएको छ।

यसरि प्रतिस्प्रर्धात्मक कार्यक्रम आफ्नै अभिभावकका बीच प्रदर्शन गर्न पाउदा आफुहरु खुसि रहेको विद्यार्थीहरुले बताएका छन्। विद्यालयको वार्षिक उत्सवको मिडिया सहयोगीको भूमिका स्थानीय सामुदायिक रेडियो छत्रभूमि र नवखबर डटकमले निर्वाह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय