कराते खेल्न जाने खेलाडीलाई बडिगाड गाउँपालिकाले बिदाई गर्यो

तिलक मगर – बंगलादेशमा हुन गईरहेको अन्तराष्ट्रिय कराते प्रतियोगितमा भाग लिन जाने बडिगाड डोजोका खेलाडीहरुलाई बडिगाड गाउँपालिकाले सोमबार एक कार्यक्रम आयोजना गरि बिदाई गरेको छ ।

सो अबसरमा बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले पछिल्लो समय कराते खेल बडिगाडको परिचय र शानको रुपमा रहेको भन्दै जिल्ला र प्रदेश हुँदै राष्ट्रिय स्तरमा रहेको बडिगाडको कराते खेलको चर्चा विदेशमा पनि देखाउन र कुशल खेल प्रर्दश्न गर्न आग्रह गरिन ।

यस्तै पालिका उपाध्यक्ष भिमसेन बनले प्रतियोगितमा सहभागि हुन लागेका खेलाडीलाई सफलताको शुभकामना दिदै बडिगाडको शानको रुपमा रहेको कराते खेललाई पलिकाले पनि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आगामी जनवरी १३ र १४ तारिखमा बंगलादेशमा हुने लागिरहेको प्रतियोगितामा बडिगाड गाँउपालिकाको तर्फ देखि बडिगाड डोजोका बिज्जल पाईजा ४५ केजीतर्फ, लक्ष्मण पुन ४७ केजी, गणेश पाईजा ५५ केजी, बडिगाड डोजोका प्रमुख प्रशिक्षक तथा राष्ट्रिय खेलाडी राजन कुमार पाईजा ६० केजी सहित टिम ब्यावस्थापक तेजिन्द्र पाईजा सहभागिताको लागि जान लागेको बडिगाड डोजोका प्रमुख प्रशिक्षक राजन कुमार पाईजाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय