गुल्मीमा ट्याक्टर दुर्घटना एक जनको मृत्यु दुई घाइते ।

प्रकाश घिमिरे/ नबखबर

गुल्मीमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।

मृत्यु हुनेमा मुसिकोट नगरपालिका पाँचकी अन्दाजी ३५ वर्षीया पारवती विक रहेकी छन ।

त्यस्तै सवारी चालक सहित अन्य एक जना घाइते भएका छन । उनिहरुको पहिचान हुन सकेको छैन ।

सवारी चालको अबस्था गम्भीर रहेको र जिल्ला अस्पतालमा उपचारको लागी पठाईएको बताईएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वामिटक्सार बाट सदरमुकाम तम्घास आउदै गरेको लु १ त ११०० नम्बरको ट्याक्टर मुसिकोट नगरपालिका चारको तल्लो पानीमा दुर्घटना भएको वडा अध्यक्ष ओम प्रकाश केसिले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय