सीवाईसी नेपालको आयोजनामा प्रमुख उपप्रमुख गोष्ठी तथा वित्तिय साक्षरता सम्पन्न

सिवाईसी नेपाल लघुवित्तिय संस्था शाखा केन्द्र खर्वाङको आयोजनामा आज खर्वाङमा केन्द्र प्रमुख उपप्रमुख गोष्ठी तथा वित्तिय साक्षरता विषायक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको अबसरमा बडिगाड गाँउपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले समृद्ध पालिका निमार्णको लागि सबै उत्पादन संग जोडिनु प्रर्ने बताईन् ।

अधिकारीले लघुवित्तले कर्जा वितरण र बचतमा मात्र नभई ग्रामिण क्षेत्रका महिलाको उत्थानको लागि पनि विशेष काम गरेको भन्दै महिलालाई नेतृत्व तहमा पनि लैजान सिवाईसीले महत्वपुर्ण भुविमा खेलेको बताईन् ।

त्ययस्तै बडिगाँड गााउपालिकाका उपाध्यक्ष भिमसेन बनले पालिकाका सबै नागरिकलाई उत्पादन र स्वरोजगार संग जोड्न विभिन्न कार्यक्रमको आयोजना गरेपनि नागरिकको सहभागिता उत्साहजनक नरहेको सुनाए ।

सिवाईसी नेपालका संस्थापक चण्डीप्रसाद शर्माले भने विगत १५ वर्षदेखि यस क्षेत्रमा सिवाईसिले बचत र कर्जा लागानी मात्र नभई महिलाको उत्थानको लागि पनि विशेष काम गरेको बताए ।

उनले कुनै समय दबिएका र आर्थिक कारोबारमा पछि परेका महिलालाई अगाडि ल्याउन सिवाईसिले गरको मेहनत अहिले देखिएकोमा खुसि व्यक्त गरे । तर पछिल्लो समय उत्पादन भन्दा पनि विदेश जाने मोहले सदस्यहरुले गर्ने मेहनत भने कम हुदै गएकोमा उनले दुख व्यक्त गरे ।

सोहि अबसरमा सिवाईसि लघुवित्तका कार्यकारी निर्देशक डोलेन्द्र प्रसाद शर्माले सदस्यले लिने कर्जा सहि ठाँउमा सदुपयोग गर्न आग्रह गर्दै वित्तिय साक्षरता नभएकै कारण संस्थाका विभिन्न योजना, र आर्थिक कारोबारमा सदस्यको सक्रिय सहभागिता हुन नसककेको बताए ।

सिवाईसी लघुवित्त संस्था खर्वाङका शाखा प्रमुख सुवास नेपालीको स्वगत बाट शुरु भएको कार्यक्रमा बोल्ने बक्ताले संस्थाबाट लिएको कर्जा सहि ठाँउमा सदुपयोग गर्न आग्रह गर्दै
माईतिले गर्ने सेवा सिवाईसिले दिएको बताएका थिय भने कार्यक्रमको संचालन संगिता शर्मा पौडेलले गरेकि थिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय