विद्यालयको शैक्षिक गुणस्तर सुधार र स्तर वृद्धिको लागि ज्ञानज्योतिमा महोत्सव

कौरव खत्री ,गुल्मी  -गुल्मी मुसिकोटको ज्ञानज्योति आधारभूत विद्यालयमा रजत महोत्सव एवम् धन धान्याचल सप्ताह महायज्ञ गरिने भएको छ ।

मुसिकोट नगरपालिका ९ अर्लाङकोट पाँणथोक गुल्मीमा आँउदो फागुन ९गते देखि १६ गतेसम्म रजत महोत्सवको अवसरमा श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक यज्ञमुर्ति सापकोटाले जानकारी दिनुभयो ।

साथै महोत्सवलाई सफल बनाउनको लागि ज्ञानज्योति आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष समाजसेवी यादुलाल सापकोटाको संयोजकत्वमा ५१ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ ।
त्यस्तै नरेशराज खरेलको संयोजकत्वमा यज्ञ व्यवस्थापन समिति,विश्वनाथ सापकोटाको संयोजकत्वमा आर्थिक समिति,टिकाराम सापकोटाको संयोजकत्वमा जनसम्पर्क तथा प्रचार प्रसार उपसमिति गठन गरिएको छ ।
साथै श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञलाई सफल बनाउन अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तरमा विभिन्न उपसमिति गठन गरिएको छ ।

उपसमिति अन्र्तगत अन्तराष्ट्रिय देशका लागि जापान कर्म भुमि बनाउदै आउनुभएका समाजसेवी डिलाराम खरेल संयोजक रहनु भएको छ भने त्यस्तै तुलसीराम खरेल जापान उप संयोजक,मणिरत्न सापकोटा अष्ट्रेलिया उप संयोजक, रोमाकान्त सापकोटा लगजम्बर उप संयोजक, बुद्धिप्रसाद सापकोटा सुमन जापान उप संयोजक,टिकाराम खरेल जापान उप संयोजक,अर्जुन केसी जापान उप संयोजक,रिता तिवारी न्यौपाने पोल्याण्ड उप संयोजक, सरिता सापकोटा फिल्याण्ड उप संयोजक रहनु भएको छ ।

साथै जापान देशको लागि भुवन सापकोटा संयोजक, बावुराम खरेल उपसंयोजक, गोपाल सापकोटा उपसंयोजक,सागर खराल उपसंयोजक रहनु भएको छ ।
अष्टे«लिया देशका लागि मणिरत्न सापकोटा संयोजक,उपसंयोजक भेषराज सापकोटा उपसंयोजक, प्रकाश सापकोटा उपसंयोजक रहनु भएको छ ।
लग्जम्बर देशका लागि ज्ञानिश्वर सापकोटा संयोजक,सूर्यप्रसाद सापकोटा उपसंयोजक, चाङगुनारायण सापकोटा उपसंयोजक,राजन सापकोटा उपसंयोजक रहनु भएको छ ।

त्यस्तै कोरिया देशका लागि गिरिराज सापकोटा संयोजक रहनु भएको छ । यादुलाल सापकोटाको संयोजकत्वमा ११ सदस्यीय रजत महोत्सव तथा श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञको सचिवालय समिति गठन गरिएको छ । सचिवालय समितिका सदस्यहरुमा विश्वनाथ सापकोटा,टिकाराम सापकोटा, नरेशराज खरेल,देवराज खरेल,रामकृष्ण कंडेल,वडाअध्यक्ष भूमा गुरुङ्ग, रेनुका सापकोटा,महाविर बस्नेत,कालिदास खरेल सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक यज्ञमुर्ति सापकोटा रहनुभएको छ ।

साथै महोत्सवलाई सफल बनाउनको लागि ६ सदस्यीय विशिष्ट सल्लाहकार र २१ सदस्यीय सल्लाहाकार समिति गठन गरिएको छ ।

२०५४ सालमा स्थापना भएको ज्ञानज्योति आधारभुत विद्यालयमा हाल कक्षा १ देखि ८ सम्मका कक्षा सञ्चालन हुदै आएका छन् । विद्यालयको शैक्षिक गुणस्तर सुधार एंवम् स्तरवृद्धि गर्ने लक्ष्यका साथ रजत महोत्सव तथा श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञलाई सहयोग पु¥याउनका लागि देश तथा विदेशका विभिन्न देशहरुमा उपसमिति गठन कार्यलाई तिव्रताका साथ अगाडी बढाइएको विद्यालयका प्रधानाध्यापक यज्ञमुर्ति सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय