नेपाल शिक्षक संघको अधिवेशन शनिबार हुदै,अध्यक्षमा ५ जनाको दाबि

नेपाल शिक्षक संघ मुसिकोट नगर कार्यसमितिको दोश्रो अधिवेशन शनिबार हुने भएको छ। यस अघि बसेको नगर समितिको बैठकले नगर अधिवेशन पुस २३ गते शनिबारका दिन गर्ने निर्णय गरेको संघका अध्यक्ष डिल्लीराज खरेलले जानकारी दिनुभयो।

नया संरचना अनुसार पहिलो नगर अधिवेशन सर्वसम्मत रुपमा चयन गरेको शिक्षक संघको दोश्रो अधिवेशनमा ५ जनाले अध्यक्षमा रुचि देखाएपनि नेतृत्व भने सर्वसम्मत चयन हुने संघका उपाध्यक्ष रामप्रसाद आचार्यले बताउनुभयो।

मुसिकोट नगरपालिका वडानम्बर ७ स्थित रुद्रावती बहुमुखी क्याम्पसमा हुन लागेको संघको अधिवेशनको लागि संघले मतदान अधिकृत समेत तोकिसकेको छ र सोहि अनुसार तयारी अघि बढीसकेको श्रोतले बताएको छ । आकांक्षि बढी हुनु लोकतान्त्रिक पद्दतिको सरल विषय भएकोले सर्वसम्मत नेतृत्व चयन नभएको खण्डमा मतदान पनि हुन सक्ने संघको विधानको व्यस्था रहेको बताइएको छ।

बर्तमान कार्यसमितिमा रहेका पदाधिकारी र अन्यले पनि अध्यक्षमा दाबि गरेको बुझिएको छ जसमा शिक्षक युनियन जिल्ला सदस्य समेत भएर अनुभव संगालेका र सर्वोदय माध्यमिक विद्यालय मुसिकोट १ पौदिअमराइका प्रधानाध्यापक समेत रहनुभएका चिरन्जिबी थापाले आफु सर्वसम्मत अध्यक्ष बन्ने अवस्था रहेको भन्दै अध्यक्षमा इच्छा व्यक्त गरेको बुझिएको छ।

त्यस्तै नेपाल शिक्षक महासंघको मुसिकोटको उपाध्यक्ष समेत भैसक्नुभएका ददल्का माविका शिक्षक कालिदास खरेलले आफुले विगतमा गरेको योगदानको कारण सबैले आफुलाई सर्वसम्मत नेतृत्व दिने कुरामा विश्वस्त रहेको बताउनुभएको छ संगसंगै महासंघको सोहि कार्यसमितिमा सचिवको भूमिका निर्वाह गरिसक्नुभएका महेन्द्र आदर्श नमुना मा विका शिक्षक सरोजराज बौद्दाचार्यले विगतदेखि वर्तमानसम्म आफु सदैव शिक्षक हकहितको लागि आवाज उठाउदै आएकोले सर्वसम्मत नेतृत्व मिल्ने कुरामा ढुक्क रहेको उहाको भनाइ छ।

त्यस्तै शिक्षक संघको वर्तमान कार्यसमितिको उपाध्यक्ष सम्हालिरहनुभएका जनजागृति मावि मुसिकोट ३ बडागाउ चौरका प्रधानाध्यापक समेत रहनुभएका रामप्रसाद आचार्यले अघिल्लो कार्यकाल उपाध्यक्ष बनेर काम गरेको र आफुले शिक्षक संघको संगठनलाइ चलायमान बनाउनको लागि आफु सर्वसम्मत नेतृत्व पाउने कुरामा विश्वस्त र आसावादी रहेको भनाइ छ।

त्यस्तै वर्तमान शिक्षक महासंघ मुसिकोटको सहसचिवको भूमिकामा रहनुभएका जनज्योति प्रावि मुसिकोट ७ वामी सेराका शिक्षक विष्णुप्रसाद आचार्य ;चकितले समग्र शैक्षिक जगतका मुद्दाहरुलाई स्थापित गराउनका लागि आफ्नो उम्मेदवारी रहने दाबि गर्नुभयो।

यता जहिले पनि आरक्षणका कोटामा मात्र आफुहरु सिमित हुनुपरेको भन्दै अबको नेतृत्वमा महिला हुनुपर्ने महिला शिक्षकहरुको भनाइ छ।अन्य पदका लागि पनि प्रतिस्पर्धा हुने सम्भावना रहेको संघमा आवद्द शिक्षकहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय