गगन र विश्वप्रकाशसँग छलफल गर्दै देउवा, के निस्केला निष्कर्ष?

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका छन्।

प्रधानमन्त्रीबाट हटेपछिपहिलो पटक सभापति देउवाले पार्टीका दुई महामन्त्रीलाई निवासमा बोलाएर छलफल गर्न लागेका हुन्। यसअघि सभापति देउवाले केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्दाका बेला महामन्त्रीद्वयसँग टेलिफोनमा संवाद गरेका थिए। सभापति देउवाले निवास धुम्बाराहीमा शुक्रबार अपरान्ह साढे ४ बजे छलफलका लागि बोलाएका हुन्।

सभापति देउवाले गठबन्धनलाई चुनावपछि कायम राख्न नसकेको भन्दै महामन्त्रीद्वय थापा र शर्माले आलोचना गर्दै आएका छन्। साथै उनीहरूले नीति अधिवेशन बोलाउनसमेत संयुक्त विज्ञप्ति निकालेर माग गरेका थिए।

कांग्रेसले पुस २८ गते केन्द्रीय समिति बैठक बोलाएको छ। चुनाव समीक्षालगायत विषयमा उक्त केन्द्रीय समितिमा छलफल हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय