नेपाल नेत्रज्योति संघ,कृष्णहरि रुद्रावती आँखा उपचार केन्द्रको समिति गठन

पुस २१ गुल्मी – नेपाल नेत्रज्योति संघ कृष्णहरि रुद्रावती आँखा उपचार केन्द्र मुसिकोट ७ वामी शाखाको संचालन समितिको गठन भएको छ। बिहिबार आँखा उपचार केन्द्रको प्रांगणमा भएको भेलाले अग्निधर लोहनीको अध्यक्ष्यतामा १३ सदस्यीय समिति गठन भएको नव गठित समितिका अध्यक्ष लोहनीले जानकारी दिनुभयो।

जसको उपाध्यक्षमा सन्तोष शाक्य,सचिव ढाल बहादुर जिसी,उपसचिव तेजिन्द्र जिसी,कोषाध्यक्ष टोपनारायण शाक्य र सदस्यहरुमा भोजराज सापकोटा,बिक्रम श्रेष्ठ,नारायण सापकोटा,भीमलाल सापकोटा,उमा सापकोटा,कल्पना घिमिरे,डिलाराम खरेल,र पदेन सदस्यको रुपमा वडानम्बर ७ का वडाध्यक्ष हरिहर सापकोटा चयन हुनुभएको छ।

भेलामा मुसिकोट नगरपालिकाका नगर प्रमुख जिवन खरेल प्रमुख अतिथिको रुपमा बोल्दै मुसिकोट नगरपालिकाको केन्द्रमा आँखा उपचार केन्द्र हुनु आफैमा गौरवको कुरा भएको बताउदै जग्गा र भवन उपलब्ध गराउने महान दानवीर कृष्णहरि सापकोटा परिवारलाई आभार प्रकट गर्नुभएको थियो। उक्त आखा उपचार केन्द्रले सेवा प्रवाहमा अब्बलता देखाएको भन्दै आवश्यक सहयोगका लागि मुसिकोट नगरपालिका सदैव तयार रहेको बताउनुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बोल्दै नेपाल नेत्रज्योति संघ जिल्ला कार्य समिति सदस्य शेर बहादुर थापाले स्थापनाकालदेखि यस आखा उपचार केन्द्रले धेरै अप्ठ्यारा समस्याहरु समाधान गर्दै धेरै मानिसलाई अध्यारो संसार हुनबाट बचाएकोमा आभार व्यक्त गर्दै कार्यरत कर्मचारी र समितिलाई बधाई ज्ञापन गर्नुभएको थियो।

कार्यक्रममा पुर्व वडाध्यक्ष प्रकाश काफ्ले,समाजसेवी,जनप्रतिनिधि सरोकारवाला,सस्थाका आजिवन सदस्य लगायतको उपस्थिति रहेको थियो। कार्यवाहक अध्यक्ष अग्निधर लोहनीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव ढाल बहादुर जिसीले गर्नुभएको थियो।

स्मरण रहोस यसभन्दा अगाडी सस्थापक अध्यक्षको रुपमा समाजसेवी स्वर्गीय सुदर्शन शाक्य हुनुहुन्थ्यो। उहाको दुखद निधनपछि उपाध्यक्ष रहनुभएका अग्निधर लोहनीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय