भीरबाट लडेर गुल्मीमा एक महिलाको मृत्युु

गुल्मी । भीरबाट लडेर गुल्मीमा एक महिलाको मृत्युु भएको छ । जिल्लाकाे धुर्काेट गाउँपालिका वडा नम्बर २ की ५२ बर्षिया शिवकला खनालकाे मृत्युु भएको हाे ।

मंगलबार दिउँसो घर नजिकै घाँस काट्न गएकी उनी भीरबाट लडेर घाइते भएकी थिन घाइते खनाललाई स्थानीयले देखेर उद्वार गरेकाे केही समयमै उनकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

खनाल भीरबाट करिब दुई सय मिटर तल झरेकी थिइन् । शवलाई अहिले पाेष्ट मार्टमकाे लागि गुल्मी अस्पताल ल्याइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय