बडिगाड गाउँपालिकाको १२ औँ गाउँसभाबाट दुई ऐन संशोधन

बागलुङ : बडिगाड गाउँपालिकाको १२ औँ गाउँसभा बैठक सम्पन्न भएको छ । सभाले दुई वटा ऐन संशोधन गरेको छ भने एउटा ऐनपारित गरेको छ । आर्थिक ऐन २०७९ र विनियोजन ऐन २०७९ संशोधन गरेको गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीलेजानकारी दिनुभयो ।

सभाबाट बडिगाड गाउँपालिकाको शिक्षा ऐन २०७९ पारित भएको अध्यक्षअधिकारीको भनाई छ । बैठकमा गाउँपालिकको अर्ध वार्षिक प्रगति प्रतिवेदनप्रस्तुत गरिएको थियो । बैठकमा चालु आर्थिक वर्षका थप कार्यक्रमका बारेमाचर्चा भएको थियो ।

सो अवसरमा नवौँ राष्ट्रिय खेलकुदमा बडिगाड गाउँपालिकाबाट सहभागी पदकबिजेता खेलाडीहरुलाई सम्मान गरिएको थियो । बैठकमा बोल्दै अध्यक्षअधिकारीले जनताको जनजिविकासँग जोडिएका विषयलाई मुख्य प्राथमिकतादिएर काम गर्ने बताउनुभयो ।

भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगार अहिलेको आवश्यकता भएको हुँदायसैमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा गाउँपालिकाउपाध्यक्ष भिमशेन वन, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी, वडाअध्यक्षहरु र कर्मचारीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय