महिला उद्यमी बन्न र उद्यमी महिलालाई लगानी दिन सहकारीलाई गुरुङको आग्रह,

पर्वत – पर्वत जिल्ला विहादी गाउँपालिका प्रमुख परविन गुरुङले आय आर्जन संग जोडिनेमा जोड दिन महिलालाई आग्रह गर्नु भएको छ।
पर्वत जिल्ला विहादी गाउँपालिका बराचौर मा अवस्थित बराचौर महिला बचत तथा ऋण सहकारी संस्थाको छैठौं बार्षिक साधारण सभामा उहाले महिला उद्यमीलाई ऋणको प्राथमिकतामा राख्न सहकारीहरुलाई आग्रह गर्नु भएको छ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गुरुङले चुलो देखि समाज परिवर्तनको आधार स्तम्भ हाम्रा आमा दिदी बहिनी हुन्,उनीहरुलाई घरेलु उद्यम संग जोड्नुपर्छ,त्यसको लागि महिला सहकारीले ठूलो सहयोग पुग्ने भन्दै सहकारीको महत्व दर्साउनुभयो, उद्यमी बन्ने महिलालाई लगानी दिनु पर्ने मा जोड दिनुभयो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका गुरूङले मेलापात,खेती किसानी गर्दै साथै खर्च कटाएर सानो-सानो बचतलाई करोड नजिकमा रुपान्तरण गर्न सफल भएका संस्थाका संस्थापन देखि वर्तमान पदाधिकारी र सेयर सदस्यलाई बधाइ तथा धन्यवाद दिँदै महिला सहकारी देखि अन्य सहकारीले पाठ सिक्नुपर्ने भन्दै प्रशंसा गर्नु भयो।

गुरुङले अनुत्पादक क्षेत्रमा लगानी नगर्न आग्रह गर्नु भएको छ,साथै सहकारीको औचित्य झल्किने गरी कार्य गर्ने तर्फ ध्यान दिन आग्रह गर्नु भयो ।

कार्यक्रममा विहादी गाउँपालिका उपप्रमुख मिना तिवारी,वडा २ का वडा अध्यक्ष गणेश शर्मा पौडेल लगायत जनप्रतिनिधि,समाजसेवी लगायतले पनि शुभ कामना मन्तव्य राख्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय