रुद्रावति प्राथमिक विद्यालयको बार्षिक उत्सव सम्पन्न

कौरव खत्री,गुल्मी १७ पौष

रुद्रावति प्राथमिक विद्यालयको बार्षिक उत्सव सम्पन्न प्राथमिक विद्यालय मुसिकोट नगरपालिका २ मुसिकोट लुगरुङ,गुल्मीको १४ औ बार्षिकउत्सव शनिबार सम्पन्न भएको छ ।

बार्षिकउत्सव समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका शिक्षा प्रमुख प्रकाश नेपालीले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सबैले सहयोग पु¥याउनु पर्नेमा जोड दिनुभयो ।

साथै सोही अवसरमा मुसिकोट नगरपालिकाका कार्य पालिका सदस्य सागर नेपाली,वडा सदस्य बेल कुमारी नेपाली, श्री गंगा प्राथमिक विद्यालयका प्रधानाध्यापक कौरव खत्री,श्री रुद्रावति बहुमुखी क्याम्पस वामीटक्सारका प्रध्यापक लिलाधर घिमिरे,रुद्रावति प्राथमिक विद्यालयका पूर्व प्रधानाध्यापक भेष बहादुर नेपाली, सुवास नेपालीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

साथै सोही अवसरमा विद्यालयका प्रधानाध्यापक सुमन गौतमले समग्र विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

बार्षिक उत्सवका अवसरमा विद्यार्थीहरुका रेकर्ड डान्स,बेलुन फोर,नाटक,अभिभावक कुर्सी दौड लगायतका खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु सञ्चालन भएका थिए ।
कार्यक्रममा खेलकुद तथा साँस्कृतिक प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थी तथा अभिभावकलाई सम्मान गरिएको थियोे ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि, जनप्रतिनिधि,समाजसेवी, अभिभावकहरु विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम रुद्रावति प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बुद्धिबल चालिसेको अध्यक्षता तथा विद्यालयका शिक्षक खुमा घर्तीको स्वागत मन्तव्यसंगै शुरू भएको कार्यक्रमको सञ्चालन भने विद्यालयका प्रधानाध्यापक सुमन गौतमले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय