प्रधानमन्त्रीले ‘पछि सारौं’ भनेपछि एमडीएमएस सञ्चालन स्थगित, मोबाइल दर्ता अब के होला ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काललाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम सिस्टम (एमडीएमएस) लागू नगर्न निर्देशन दिएका छन् ।

यसअघि आजदेखि एमडीएमएस लागू गर्ने तयारी गरिएको थियो । भन्सार विभाग र नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रधानमन्त्री स्वयंले ‘तयारी पूरा गरेर अलि पछि लागू गरौं’ भन्ने निर्देशन दिएपछि यो प्रणाली स्थगित गरिएको स्रोतले जानकारी दियो ।

नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि यो प्रणाली पूर्ण सञ्चालनमा ल्याउने भएकोले मोबाइल अनिवार्य दर्ता गर्न सार्वजनिक सूचना जारी गरेको थियो । यद्यपि प्रधानमन्त्रीको निर्देशनपछि यो प्रणाली लागू हुने मिति अनिश्चित बनेको छ ।

मोबाइल दर्ता गर्नुपर्ने व्यवस्थाले विदेशबाट फर्कने नागरिकले थप सास्ती पाउने भन्दै यसको चर्को आलोचना भएको थियो । यस सम्बन्धमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि चासो देखाएका थिए ।

अर्थमन्त्री र प्रधानमन्त्री दुवैको छलफलपछि यो प्रणाली हाललाई स्थगित गरिएको बुझिएकाे छ ।-टेकपाना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय