काठमाडौं । गृहमन्त्रालयले आफूखुसी रुपमा कुनै पनि दलका नेताहरुलाई नभेट्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएको छ ।
गृहले आज एक विज्ञप्ती जारी गर्दै सुरक्षा निकायका पदाधिकारीहरूलाई कुटनैतिक नियोग, राजनीतिक नेतृत्व लगाएतसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने निर्णय गरिएको बताएको छ ।

गृह मन्त्रालयका प्रवक्ता प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तीमा स्पष्ट प्रयोजन र विभागीय स्वीकृति नलिइकन सुरक्षाकर्मी पदाधिकारीले त्यस्ता भेटघाट गर्न नपाउने निर्देशन जारी गरिएको उल्लेख छ ।
यसअघि पनि सुरक्षा निकायका उच्च तहका अधिकारीलाई भेटघाटमा कडाइ गर्ने निर्णय भएपनि कार्यान्वयनमा आएको थिएन । विभागको अनुमति नलिइ र स्पष्ट प्रयोजनबिना भेटघाट गरेको पाइए अनुशासनसम्बन्धी कारबाही गरिने गृहमन्त्रालयले चेतावनीसमेत दिएको छ ।