कालीगण्डकी नदिमा पुल नहुँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य

गुल्मीः गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्वर ४ र ६ जोडने गुम्दीखोलामा पुल नहुँदा जोखिम मोलेरै यात्रा गर्न यात्रुहरु बाध्य छन् ।

हिउँदको समयमा पनि खोला ठूलो भएकाले यात्रा गर्न समस्या भएको स्थानीयहरुले गुनासो गरेका छन् । वडा नम्वर ४ पुर्तिघाट र वडा नम्वर ६ खड्गकोटको सीमाना गुम्दीखोलामा पुल नहुँदा वडाहरु बीचको पनि सम्वन्ध टाढा जस्तो भएको स्थानीयहरुको भनाई रहेको छ ।

युवाहरु मोटरसाइकल लिएर वरपर गर्दा पनि मोटरसाइकल सहित आफूहरुको ज्यान पनि जोखिममा रहेको स्थानीय युवहरुको भनाई छ । स्थानीयहरुलाई पनि वरपर गर्न समस्या भएको बताउँदै बर्षायामको समयमा त खोला तर्न र वारी पारीको वडामा बिरामी पर्दा समेत समयमै जान नसकिने अवस्था रहेको उनीहरुले बताएका छन् ।

सो खोलामा पुल निर्माण गरिदिनका लागि स्थानीयहरुले स्थानीय सरकारसंग माग समेत गरेका छन् । सो खोला भएर घाँस दाउरा गर्न र बस्तुभाँउ चराउन जानका लागि हिउँदमा पनि समस्या भएको स्थानीयहरुको भनाई छ ।

यता कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले सो खोलामा पुल निर्माण गर्नका लागि डिपीआर तयार गरी सडक विभागमा पठाएको बताए ।

विभागसङग आफूले समन्वय गर्दै आएको भन्दै केही महिना भित्रैमा पुल निर्माणको ठेक्काको प्रक्रियामा जाने उनको दाबी छ । यो सङगै गाउँपालिका भित्र तीन वटा पक्की पुलहरु निर्माणका लागि आफूले पहल गर्दै आएको उनको भनाई छ ।

सडक विभागलाई घच्घच्याउने काम आफूले गरेको भएपनि परिणम भने आउन नसकेको थापाले बताए । – खबर मार्केट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय