बजार ग्यारेन्टी गर्न गुल्मीमा सुन्तला महोत्सव

मनोज कार्की – गुल्मी – कृषकको आयआर्जनमा वृद्धि,विकास तथा आन्तारिक पर्यटन बढाउँदै सुन्तलाको बजारीकरण गर्ने उदेश्यले गुल्मीमै पहिलो पटक सुन्तला महोत्सव गरिएको छ । सुन्तला खेतीको भू –अनुकुल विस्तार र बिकास, स्वरोजगार आय आर्जनबाट हुनेछ भरपर्दो निकास भन्ने नाराका साथ पौष ७ गते छत्रकोट गाउँपालिका ३ लुम्छामा एकदिने सुन्तला महोत्सव गरिएको हो ।

गाउँपालिका हुदैँ जिल्लाभित्र उत्पादित सुन्तालाको बजारीकरणमा टेवा पुप्याउने हेतुले अनमोल कृषि समूहले जनाएको छ ।

महोत्सवको आयोजना गरिएको हो । कृषकले उत्पादन गरेको कृषि उपज तथा सुन्तलाको बजारमा व्यापारीले आफ्नो मनेमानी दरभाउ गर्ने र उचित मुल्य नपाउने गरेको कृषक बिष्णुप्रसाद कंडेलले गुनासो गरे । कृषक कंडेलले भने “पछिल्लो समय सुन्तला खेतीमा कृषकको आर्कषण बढ्दै गएको छ तर उत्पादन अनुसार सुन्तलाको मुल्य नपाएको र बजारीकरणमा समस्या हुदाँ हामी मर्कामा छौं ।”

सुन्तला महोत्सवमा सुन्तला खाने, बोक्ने, स्थानीय लाँखे नाँच र पञ्चेबाजा लगायतको प्रतियोगिता राखिएको थियो । सुन्तला कृषकलाई खेतीमा उत्साहित गरी बजारीकरणको ग्यारेन्टी , स्थानको पहिचान तथा कृषि पर्यटनको विकासको लागि सुन्तला महोत्सवको आयोजना गरिएको अनमोल कृषि समूहका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले जानकारी दिए ।

छत्रकोट गाउँपालिकामा करिब ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेको छ । यस क्षेत्रबाट गत वर्ष एक करोड २७ लाखको सुन्तला निर्यात भएको थियो भने यस वर्ष एक करोड ४५ लाख बराबरको सुन्तला निर्यात गर्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई गुल्मीमा सुन्तला जोनमा २ सय ६ वटा समूह सहकारी आवद्ध रहेको कार्यालय प्रमुख गंगा पोखरेलले जानकारी दिईन् । कार्यालय प्रमुख पोखरेलका अनुसार जिल्लामा सुन्तला खेती विस्तारको लागि चक्लाबदी लगायतका कार्यक्रमबाट १ हजार १०५ हेक्टरमा सुन्तला खेती गरिएको छ भने जसमध्ये ४१७ हेक्टरमा उत्पादन भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय