प्रधानमन्त्रीमा दावी पेश गर्न प्रचण्ड राष्ट्रपति निवासमा

काठमाडौं । सरकार निर्माणमा दावी गर्न नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

राष्ट्रपति कार्यालयले माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव सहित प्रतिनिधिसभाका बहुमत सदस्यहरुको पत्र दर्ता भएको जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रेस विज्ञ टीका ढकालका अनुसार, माओवादी केन्द्र सहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका सांसदहरुको हस्ताक्षर सहितको पत्र आइपुगेको हो । त्यसैगरी जनता समाजवादी पार्टीको पत्रको केहीबेरमा आइपुग्ने खवर आएको ढकालले बताए ।

‘पत्रसहित सम्बन्धित नेताहरु आउने क्रम शुरु भएको छ’ ढकालले भने, ‘पत्र हेरेपछि राष्ट्रपतिज्यूले केही न केही निर्णय गर्नुहुनेछ । सम्भवतः ५ बजेभित्र केही विज्ञप्ति आउला ।’ प्रधानमन्त्रीको नियुक्ति र शपथ ग्रहण त्यसपछि तय हुने उनले बताए । उनका अनुसार, सम्भवतः आज शपथ ग्रहण हुदैन ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ. ७ नेपालमा पनि फैलिने जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ ।

छिमेकी मुलुकहरुमा देखिएको यो भाइरस हालसम्म नेपालमा पुष्टि नभएको बताउँदै मन्त्रालयले खुला सीमाना र मानिसहरुको आवतजावतका कारणले नेपालमा फैलिन सक्ने जोखिम रहेकाले रोकथाम र नियन्त्रणका उपाय अपनाउनुपर्ने उल्लेख गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले एक विज्ञप्ति जारी गरी इसाइ धर्माबलम्बीहरुके चाड क्रिसमस र इस्वी संवतको नयाँ वर्ष २०२३ नजिकिएको अवस्थामा भिडभाड नगर्न र जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

मन्त्रालयले कोभिड–१९ को बुस्टर डोज लगाउन बाँकीहरुलाई पनि छिटो खोप लगाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय